कोरोना भाइरस ः २४ घण्टामा ५ हजार ९ सय ६७ को मृत्यु

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण २४ घण्टाको अवधिमा ७९ हजार ३ सय ३ जनामा फैलिएको छ । यो समयमा ५ हजार ९ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट अहिलेसम्म ५२ हजार १ सय ५९ जनाले ज्यान गुमाएका छन् । १० लाख १४ हजार ४ सय ९९ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् ।

संक्रमणमा रहेका ७ लाख ४९ हजार ३ सय २२ जना विश्वका विभिन्न अस्पताल, क्वारेन्टाइन र आइसोलेसनमा भर्ना भएर उपचार गरिरहेका छन् । जसमध्ये ३७ हजार ६ सय ९८ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारीले अहिले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ । अमेरिकामा २ लाख ४४ हजार ४ सय ३३ संक्रमित छन् । २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ४ सय ३० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म अमेरिकामा ६ हजार ६३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा बढी मृत्यु भएको इटालीमा १३ हजार ९ सय १५ जनाले ज्यान गुमाएका छन् । १ लाख १५ हजार २ सय ४२ जना संक्रमित छन् ।

तेस्रो धेरै संक्रमित भएको मुलुक स्पेन हो । स्पेनमा अहिलेसम्म १ लाख १२ हजार ६५ संक्रमित छन् । अहिलेसम्म १० हजार ३ सय ४८ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ । १ हजार ३ सय ३५ जनाले ज्यान गुमाउँदा कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । फ्रान्समा ५९ हजार १ सय ५ संक्रमित छन् ।एजेन्सी

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?