कृष्णपुरद्धारा १ करोडको विपद् व्यवस्थापन कोष स्थापना

महेन्द्रनगर २१ चैत । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १ करोड बराबरको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बिहीबार कृष्णपुर नगरपालिकामा बसेको बैठकले विपद् व्यवस्थापन कोष स्थापना गर्ने निणर्य गरेको हो ।

नगरपालिकाले कोषमार्फत दैनिकी चलाउन समस्यामा परेका परिवारलाई राहत वितरण गर्ने योजना रहेका नगर प्रमुख कर्ण बहादृुर हमालले बताए ।

उनका अनुसार बैठकले राहत प्याकेज वितरण लगायत अन्य विपद् व्यवस्थापन गर्न एक करोडको कोष स्थापना गर्ने निर्णय हो ।
उनले कोषमार्फत खाद्यान्न समस्या रहेको नगरवासीलाई दाल, चामल, नुन, तेल राहत स्वरुप उपलब्ध गराईनेछ । नगरपालिकाले विपद् व्यस्थापन कोषका लागि विभिन्न सरोकारवाला नियकायसँग अपील समेत गरेको छ ।

नगरपालिकाले सहयोग ईच्छुकले एनसीसी बैंकको कृष्णपुर शाखामा रहेको खाता नम्बर १४८००००००५००१ मा रकम जम्म्म गर्न सक्ने जनाएको छ ।

साथै नगरपालिकाले प्रेस विज्ञप्तीमार्फत पनि कोष स्थापना गरिएको घोषण गरेको छ ।

नगर प्रमुख हमालको अध्यक्षतामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, प्रहरी उपरीक्षक मुकुन्द मरासिनी र सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहु समेतको उपस्थितिमा नगर कार्यपालिकाको बैठक बसेको थियो ।

उक्त बैठकले राहत प्याकेज वितरण लगायत अन्य विपद् व्यवस्थापन गर्न कोष स्थापना गर्ने निर्णय गरेको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु दत्त भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

ताजा खबर

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?