कृष्णपुरद्धारा १ करोडको विपद् व्यवस्थापन कोष स्थापना

महेन्द्रनगर २१ चैत । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १ करोड बराबरको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बिहीबार कृष्णपुर नगरपालिकामा बसेको बैठकले विपद् व्यवस्थापन कोष स्थापना गर्ने निणर्य गरेको हो ।

नगरपालिकाले कोषमार्फत दैनिकी चलाउन समस्यामा परेका परिवारलाई राहत वितरण गर्ने योजना रहेका नगर प्रमुख कर्ण बहादृुर हमालले बताए ।

उनका अनुसार बैठकले राहत प्याकेज वितरण लगायत अन्य विपद् व्यवस्थापन गर्न एक करोडको कोष स्थापना गर्ने निर्णय हो ।
उनले कोषमार्फत खाद्यान्न समस्या रहेको नगरवासीलाई दाल, चामल, नुन, तेल राहत स्वरुप उपलब्ध गराईनेछ । नगरपालिकाले विपद् व्यस्थापन कोषका लागि विभिन्न सरोकारवाला नियकायसँग अपील समेत गरेको छ ।

नगरपालिकाले सहयोग ईच्छुकले एनसीसी बैंकको कृष्णपुर शाखामा रहेको खाता नम्बर १४८००००००५००१ मा रकम जम्म्म गर्न सक्ने जनाएको छ ।

साथै नगरपालिकाले प्रेस विज्ञप्तीमार्फत पनि कोष स्थापना गरिएको घोषण गरेको छ ।

नगर प्रमुख हमालको अध्यक्षतामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, प्रहरी उपरीक्षक मुकुन्द मरासिनी र सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहु समेतको उपस्थितिमा नगर कार्यपालिकाको बैठक बसेको थियो ।

उक्त बैठकले राहत प्याकेज वितरण लगायत अन्य विपद् व्यवस्थापन गर्न कोष स्थापना गर्ने निर्णय गरेको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु दत्त भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?