भारत बाट गड्डाचौकी नाका भएर नेपाल किन फर्के हजारौँ नेपाली ?

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाका भएर हजारौ नेपाली छिमेकी राष्ट्र भारतबाट नेपाल भित्रिएका छन् ।

भारतको विभिन्न राज्य तथा सहरमा काम तथा अन्य शिलशिलमा बस्दै आएका हजारौ नेपाली गड्डाचौकी नाका भएर नेपाल फर्केका हुन् ।

विश्व महामारीको रुप लिएको कारोना भाइरस (कोभिड–१९)को संक्रमण हाल सम्म नेपालमा देखा परेको छैन ।

भारत लगाएत अन्य देशहरुमा उत्त भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि भारतमा रहेका नेपाली नागरीकहरु भाइरसको संक्रमणबाट बच्न नेपाल फर्केका हुन् ।

भारत सरकारले भारतमा कोरोना भाइरस संक्रमण रोकथामका लागी जनता कफर्यु लगाएपछि काम बन्द भएको र संक्रमण बाट बच्न आफुहरु पनि नेपाल फर्केको भारतको मुम्बई बाट नेपाल फर्केका जगत ढोलीले बताए ।

भारतमा हाल सम्म कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भैसकेको र हजारौ जनामा संक्रमण भेटिएको छ ।

गड्डाचौकी नाका भएर नेपाल फर्किनेको लर्को
भारत संग सीमाना जोडीएको कञ्चनपुरको गड्डाचौकी नाकामा भारत बाट नेपाल फर्किने हरुको लर्को लागेको छ ।

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गरेपछि बनबासा–गड्डाचौकी नाकामा नेपाल फर्कने नेपालीहरुको भिड बढी भएको हो ।

मुख्यमन्त्री भट्टले गरे नाका अनुगमन
शनिवार गड्डाचौकी नाका भएर नेपाल फर्कनेहरुको भीड बढेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट गड्डाचौकी नाकामा पुगेका छन् ।

गड्डाचौकी नाका अनुगमनमा पुगेका मुख्यमन्त्री भट्टले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रदेश सरकारले चाल्नु पर्ने कदममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

‘माहामारीको रुप लिएको कोरोनाको संक्रमण फैलिन नदिन प्रदेशले गर्नु पर्ने स्वास्थ्य प्रवद्र्धनमा सरकार लागि परेको छ, अहिले हामीसंग भएको कुरालाई प्रयोग गरेका छौँ ।’ मुख्यमन्त्री भट्टले भने, ‘अन्य अपुग सामाग्रीका लागि संघ सरकारसंग माग गरेका छौँ, यसमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।’

त्यस्तै मुख्यमन्त्री भट्टले नेपालबाट भारत तर्फ नजान पनि आग्रह गरेका छन् ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?