भारतको अतिक्रमणमा परेको लिपुलेक–कालापानी हिँड्यो सशस्त्र प्रहरी

दार्चुला ।  सशस्त्र प्रहरीको टोली भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँडेको छ। सशस्त्रको टोली दार्चुला सदरमुकाम खलंगाबाट मंगलबार त्यसतर्फ लागेको हो।

कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणी क्षेत्रमा निर्माण हुने बिओपी [बोर्डर आउट पोस्ट्] निर्माण क्षेत्रको स्थलगत अध्ययन गर्न टोली त्यसतर्फ लागेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेक्वार्टर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टको नेतृत्वमा १५ जना सशस्त्र प्रहरीको टोली त्यसक्षेत्रको अध्ययन गर्न गएको हो।

व्यास गाउँपालिका वडा नम्बर १ गागामा बन्ने बिओपी निर्माण क्षेत्रको स्थलगत अध्ययन र आफ्नो सीमाको नियमन गर्न टोली त्यसतर्फ लागेको गुल्मपति बिस्टले जानकारी दिए। टोली चैत्र १० गते मात्रै खलंगा फर्किने छ।

अहिले बिओपी बन्‍ने क्षेत्र ९व्यास गाउँपालिका वडा नम्बर १ गागा मा हिउँ जमेकाले त्यस क्षेत्रको वास्तविकता बुझी आवश्यक काम अगाडि बढाउन सजिलो हुने गुल्मपति बिस्टले बताए।

फागुन २५ गतेबाट नेपाली सेनाको टोली पनि उत्तरी क्षेत्रको निगरानीका लागि व्यास गाउँपालिकामा पुगेको छ ।

मंगलवार दुर्गा दल गुल्मको सेनाको टोली व्यास गाउँपालिका–२ दुम्लिङमा रहेको छ।

झण्डै आधा महिना उत्तरी क्षेत्रमा बस्दा नेपाली सेनाले त्यस क्षेत्रको सीमा निगरानी, उत्तरी क्षेत्रमा सुरक्षा उपस्थितिका लागि आवश्यक सूचना संकलन गर्ने भएको छ।

दार्चुला–तिंकर सडकको बाँकी क्षेत्र निर्माणका लागि सेनाले जिम्मेवारी पाएको अवस्थामा कसरी काम अध्ययनका लागि टोली त्यस क्षेत्रमा गएको सैनिक स्रोतले जानकारी दिएको छ।थाहाखबर

ताजा खबर

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?