भारतको अतिक्रमणमा परेको लिपुलेक–कालापानी हिँड्यो सशस्त्र प्रहरी

दार्चुला ।  सशस्त्र प्रहरीको टोली भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँडेको छ। सशस्त्रको टोली दार्चुला सदरमुकाम खलंगाबाट मंगलबार त्यसतर्फ लागेको हो।

कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणी क्षेत्रमा निर्माण हुने बिओपी [बोर्डर आउट पोस्ट्] निर्माण क्षेत्रको स्थलगत अध्ययन गर्न टोली त्यसतर्फ लागेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेक्वार्टर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टको नेतृत्वमा १५ जना सशस्त्र प्रहरीको टोली त्यसक्षेत्रको अध्ययन गर्न गएको हो।

व्यास गाउँपालिका वडा नम्बर १ गागामा बन्ने बिओपी निर्माण क्षेत्रको स्थलगत अध्ययन र आफ्नो सीमाको नियमन गर्न टोली त्यसतर्फ लागेको गुल्मपति बिस्टले जानकारी दिए। टोली चैत्र १० गते मात्रै खलंगा फर्किने छ।

अहिले बिओपी बन्‍ने क्षेत्र ९व्यास गाउँपालिका वडा नम्बर १ गागा मा हिउँ जमेकाले त्यस क्षेत्रको वास्तविकता बुझी आवश्यक काम अगाडि बढाउन सजिलो हुने गुल्मपति बिस्टले बताए।

फागुन २५ गतेबाट नेपाली सेनाको टोली पनि उत्तरी क्षेत्रको निगरानीका लागि व्यास गाउँपालिकामा पुगेको छ ।

मंगलवार दुर्गा दल गुल्मको सेनाको टोली व्यास गाउँपालिका–२ दुम्लिङमा रहेको छ।

झण्डै आधा महिना उत्तरी क्षेत्रमा बस्दा नेपाली सेनाले त्यस क्षेत्रको सीमा निगरानी, उत्तरी क्षेत्रमा सुरक्षा उपस्थितिका लागि आवश्यक सूचना संकलन गर्ने भएको छ।

दार्चुला–तिंकर सडकको बाँकी क्षेत्र निर्माणका लागि सेनाले जिम्मेवारी पाएको अवस्थामा कसरी काम अध्ययनका लागि टोली त्यस क्षेत्रमा गएको सैनिक स्रोतले जानकारी दिएको छ।थाहाखबर

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?