नेकपाको दुई तिहाई, आफ्नै घर झगडा मिलाउन प्रयोगःएनपी साउँद

महेनद्रनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गएको चुनावमा प्राप्त गरेको दुई तिहाई बहुमत आफ्नै पार्टी भित्रको झगडा मिलाउन प्रयोग गरेको पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँदले आरोप लगाएका छन् ।

बुधवार नेपाल ट्रेड युनियन काँग्रेसको ७४ औँ स्थापना दिवसका अवसरका कञ्चनपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा नेताहरु बिच भागबण्डा नमिल्दा पार्टी भित्र भएको झगडा मिलाउन,आफ्ना पार्टीका भष्ट्राचारी मान्छेलाई जोगाउन मात्र चुनावमा प्राप्त गरेको दुई तिहाई बहुमतको प्रयोग गरेको साउँदले आरोप लगाएका हुन् ।

उनले भने ‘नेकपाको आफ्नो घर झगडा मिलाउन प्रधानमन्त्री कस्लाई बनाउने भनेर संविधान संशोधनको बाटोमा जान देखी लिएर २/४ जना आफ्ना पार्टीका मान्छेलाई मिलाउन (एड्जस्ट) गर्नका लागी राष्ट्रिय सभाको सिट संख्या थप्न सकिन्छ भन्ने कुरामा सम्म सरकार पुगेको छ ।’

आफ्ना पार्टीका मान्छेहरुको अनुकुलताका लागी सरकार देशका लागी घात हुने निर्णय गर्न पनि तयार रहेको साउँदले आरोप लागाए ।

‘आफ्नो पार्टीका मान्छेलार्ई सत्तामा पुगाउनका लागी यो देशको संविधान संशोधन हुन सक्छ ? उनले प्रश्न गर्दै भने ‘कयौ मान्छेको बलिदान बाट बनेको संविधान सत्ताको चलखेल र एउटा पार्टीको आफ्नो झगडाका कारण संशोधन सम्म पुग्नु भनेको यीनिहरुको गम्भिर असफलता हो ।’ कार्यक्रममा बोल्दै ‘हामीहरु पनि मन्त्री भएका छौ तर हाम्रा नाममा कुनै काण्ड छैन तर अहिलेका मन्त्रीहरुका नाममा काण्डैकाण्ड छन्, हालका मन्त्रीलार्ई ७० करोडले पुग्दैन एक अर्व थप भन्छन् यो हालतमा देशको सुशासन कस्तो हुने सबैले बुझ्न जरुरी छ ।’ पूर्व मन्त्री साउँदले भने ‘ हाम्रा साथीहरुको कमीकमजोरीछ भने अख्तियार के हेरेर बसेको छ, सरकार नेकपाको छ कारर्वाही गरे हुन्छ ।’

नेकपा भ्रम सृजना गर्न कागे्रसका नेतालाई औला देखाउने काम गरीरहेको साउँदले बताए । त्यस्तै उत्त कार्यक्रममा बोल्दै नेपाली काँगे्रस कञ्चनपुरका पूर्व पार्टी सभापती अन्तराम भट्टले अहिलकोे सरकार ठुल्ठुला भष्ट्राचारीहरुलाई संरक्षण गर्ने काम मात्र गरीरहेको आरोप लगाए ।

नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति कञ्चनपुरका अध्यक्ष सुशिल भट्टको सभापतित्वमा सञ्चालित कार्यक्रमका प्रमुख अथिति पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद रहेका थिए ।

नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा आयोजित कार्यक्रममा काँगे्रेका अन्य नेता तथा कार्यकर्ता लगाएतको उपस्थिति रहेको थियो ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?