विश्व स्वास्थ्य संगठनः कोरोना भाइरस उच्च जोखिममा नेपाल,रोकथामका लागी उच्च स्तरिय समिति गठन

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपालाई पनि राखेको छ ।

उच्च जोखीममा नेपाल पनि परेपछि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यानवय समिति गठन गरेको छ।

सो समितिमा गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लगायत वाणिज्य, कृषिमन्त्री पनि रहेका छन्।

समितिले नेपालमा विभिन्न मुलुकबाट आउने हवाइ यात्रु लगायतका देशबाट हुने आवतजावतका गतिविधिलाई नजिकबाट हेर्नुका साथै कोरना भाइरस फैलन सक्ने संभावित क्षेत्रको पहिचान गरी समाधानका उपायबारे सुझाव दिने पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइले जानकारी दिए।

सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सर्तकता अपनाउन तथा कुनै कमी कमजोरी हुन नदिन निर्देशन दिनुभएको मन्त्री भट्टराइले बताए।

साथै उनले यसको प्रकोप रोकथामका लागि आवश्यक पूर्व तयारी गर्न र विमान स्थलमा आउने यात्रुको एक एक गरी जाँच्न व्यबस्था मिलाउन तथा स्वास्थ्य जाँचमा कडाइ गर्न तथा औषधिको पर्याप्त मात्रमा सञ्चय गर्न निर्देशन दिएका हुन्।

मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका सचिव, नेपाली सेना र सरोकार निकायका प्रतिनिधि रहने गरी कार्यान्वयन समिति समेत गठन गरिएको जनाइएको छ।थाहाखवर


ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?