विश्व स्वास्थ्य संगठनः कोरोना भाइरस उच्च जोखिममा नेपाल,रोकथामका लागी उच्च स्तरिय समिति गठन

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपालाई पनि राखेको छ ।

उच्च जोखीममा नेपाल पनि परेपछि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यानवय समिति गठन गरेको छ।

सो समितिमा गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लगायत वाणिज्य, कृषिमन्त्री पनि रहेका छन्।

समितिले नेपालमा विभिन्न मुलुकबाट आउने हवाइ यात्रु लगायतका देशबाट हुने आवतजावतका गतिविधिलाई नजिकबाट हेर्नुका साथै कोरना भाइरस फैलन सक्ने संभावित क्षेत्रको पहिचान गरी समाधानका उपायबारे सुझाव दिने पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइले जानकारी दिए।

सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सर्तकता अपनाउन तथा कुनै कमी कमजोरी हुन नदिन निर्देशन दिनुभएको मन्त्री भट्टराइले बताए।

साथै उनले यसको प्रकोप रोकथामका लागि आवश्यक पूर्व तयारी गर्न र विमान स्थलमा आउने यात्रुको एक एक गरी जाँच्न व्यबस्था मिलाउन तथा स्वास्थ्य जाँचमा कडाइ गर्न तथा औषधिको पर्याप्त मात्रमा सञ्चय गर्न निर्देशन दिएका हुन्।

मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका सचिव, नेपाली सेना र सरोकार निकायका प्रतिनिधि रहने गरी कार्यान्वयन समिति समेत गठन गरिएको जनाइएको छ।थाहाखवर


ताजा खबर

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

  धनसिह धामी  कञ्चनपुर, १२ कार्तिक  उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका...

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?