बैतडी पुगेर राष्ट्रपति भण्डारीले भनिन् ‘सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने शिक्षा ल्याउँछ’

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीको पाटनमा रहेको भीमदत्त प्रावधिक शिक्षालयको नवनिर्मित भवन र छात्राबास भवनको उद्घाटन गरेकी छन्।

शिक्षालयको उद्घाटन गर्दै भण्डारीले स्वदेशमै रोजगारी सिर्जना गर्ने खालको शिक्षातर्फ सरकार लागेको बताइन्।

‘प्राविधिक शिक्षाले यूवाहरुलाई रोजगारी दिन्छ, सरकार अहिले त्यसतर्फ अग्रसर भएको छ।ु उनले भनिन्, ‘ग्रामीण क्षेत्रमा खुलेका प्राविधिक शिक्षालयले दुर्गमका विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच बढेको छ।’

दुर्गम क्षेत्रमा स–साना उद्योग सञ्चालनका लागि पनि प्राविधिक शिक्षाले सहयोग गर्ने उनले बताइन्। उनले भनिन् ‘स्थानीयस्तरमा रोजगारीको सिर्जनाका लागि कुटिर उद्योगहरु सञ्चालन हुनुपर्छ। यसका लागि प्राविधिक शिक्षा आवश्यक छ।’

एक अर्को प्रसंगमा राष्ट्रपति भण्डारीले सुदूरपश्चिमको संस्कृति निकै लोभलाग्दो भएको बताइन। यहाँको संस्कृतिका कारण मात्रै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने उनको भनाई छ।

भण्डारीले भनिन्, ‘सुदूरपश्चिमका धार्मिक क्षेत्र, ड्यौडा गीत, गौरापर्व लगायतका संस्कृतिहरु निकै लोभलाग्दा छन्। यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग गर्छ।’अन्नपुर्ण




 

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?