बैतडी पुगेर राष्ट्रपति भण्डारीले भनिन् ‘सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने शिक्षा ल्याउँछ’

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीको पाटनमा रहेको भीमदत्त प्रावधिक शिक्षालयको नवनिर्मित भवन र छात्राबास भवनको उद्घाटन गरेकी छन्।

शिक्षालयको उद्घाटन गर्दै भण्डारीले स्वदेशमै रोजगारी सिर्जना गर्ने खालको शिक्षातर्फ सरकार लागेको बताइन्।

‘प्राविधिक शिक्षाले यूवाहरुलाई रोजगारी दिन्छ, सरकार अहिले त्यसतर्फ अग्रसर भएको छ।ु उनले भनिन्, ‘ग्रामीण क्षेत्रमा खुलेका प्राविधिक शिक्षालयले दुर्गमका विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच बढेको छ।’

दुर्गम क्षेत्रमा स–साना उद्योग सञ्चालनका लागि पनि प्राविधिक शिक्षाले सहयोग गर्ने उनले बताइन्। उनले भनिन् ‘स्थानीयस्तरमा रोजगारीको सिर्जनाका लागि कुटिर उद्योगहरु सञ्चालन हुनुपर्छ। यसका लागि प्राविधिक शिक्षा आवश्यक छ।’

एक अर्को प्रसंगमा राष्ट्रपति भण्डारीले सुदूरपश्चिमको संस्कृति निकै लोभलाग्दो भएको बताइन। यहाँको संस्कृतिका कारण मात्रै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने उनको भनाई छ।

भण्डारीले भनिन्, ‘सुदूरपश्चिमका धार्मिक क्षेत्र, ड्यौडा गीत, गौरापर्व लगायतका संस्कृतिहरु निकै लोभलाग्दा छन्। यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग गर्छ।’अन्नपुर्ण




 

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?