न्यू सरस्वती विद्या मन्दिरको १७ औँ वार्षिक उत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका–१२ ऐरी स्थित न्यू सरस्वती विद्या मन्दिर उच्च माध्यमिक विद्यालयको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

बुधवार एक कार्यक्रमका बिच विद्यालयले आफ्नो १७ औँ वार्षिक उत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश सिंह भण्डारीको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सांसद मान बहादुर सुनार रहेका थिए ।

वि.सं. २०५९ सालमा स्थापित न्यू सरस्वती विद्या मन्दिरले कञ्चनपुरको शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाईसकेको छ । विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयका प्रिन्सिपल अमराज भट्टले विद्यालयले यहाँको शैक्षिक क्षेत्रमा ठुलो भुमिका निर्वाह गरेको बताए ।

विद्यालयमा पढेका भूपु विद्यार्थीहरु राम्रो क्षेत्रका कार्यरत तथा अध्ययनरत रहेको प्रिन्सिपल भट्टले बताए । कार्यक्रममा प्रमुख अथिति सुनारले निजि विद्यालयले नेपालको शिक्षामा अह्म भुमिका निर्वाह गरेको बताए ।

निजि विद्यालयका समस्या समाधान तथा हक हितका लागी आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग गर्न पछि नपर्ने सांसद सुनारले वाचा गरे । उनले भने ‘निजि विद्यालयको विद्यार्थी तथा बाहुन,क्षेत्री जातीको भएकै कारण उनिहरुले सरकारी छात्रवृद्धि तथा अन्य सेवा सुविधाबाट वञ्चित हुनु पर्ने समस्या तथा अवस्था यहाँ रहेको छ । उनले थपे ‘उक्त समस्या समाधानको लागी अब म पहल गर्ने छु । ’

त्यस्तै सुदूरपश्चिमको विकासका निम्ति सबैले एक जुट हुनु पर्नेमा सांसद सुनारले जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले गुणस्तरीय शिक्षाका लागि शिक्षक , अभिभावक तथा बिद्यार्थी सबैले जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए ।

जेहेन्दार बिद्यार्थी , सचेत अभिभावक र लगनशील शिक्षक भएमा मात्र गुणस्तरीय शिक्षा प्रबद्र्धन हुने कुरामा बक्ताहरुले जोड दिएका थिए ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति भण्डारीले स्थानिय तथा अभिभावकहरुको साथसहयोगले विद्यालय दिनप्रतिदिन समृद्धि तर्फ अगाडी बढ्दै गएको बताउदै विद्यालयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

वार्षिक उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुका साथै विद्यालयका उत्कृष्टि शिक्षक/शिक्षिका तथा विद्यार्थीहरुलाई सम्मानित गरीएको थियो ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार, अभिभावक तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?