आरआर क्याम्पसमा नेबिसंघ र अनेरास्ववियु बिच झडप

काठमाडौं । काठमाण्डौको प्रदर्शनी मार्गस्थित स्थित रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीबीच झडप भएको छ।सोमबार बिहान नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झडप भएको हो।

गत शनिबार दुवै संगठनका विद्यार्थी पिकनिक गएका थिए।आज सोही विषयमा भएको सामान्य विवादले राजतीनिक रुप लिएपछि दुवै संगठनका विद्यार्थीबीच कुटाकुट भएको हो।

आरआर क्याम्पस स्ववियु सभापति तपेन्द्र शाहीले सामान्य विवादले राजनीतिक रुप लिएपछि विद्यार्थीबीच झडप भएको बताए।यस्तै नेविसंघ नेता उत्तम साउँदले नेविसंघ समर्थित विद्यार्थीलाई अखिलका कार्यकर्ताले पिटेको आरोप लगाएका छन्।

प्रहरीले उक्त घटनामा संलग्न केही विद्यार्थीलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ।झडपमा केही प्रहरी सामान्य घाइते भएका छन्।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?