आरआर क्याम्पसमा नेबिसंघ र अनेरास्ववियु बिच झडप

काठमाडौं । काठमाण्डौको प्रदर्शनी मार्गस्थित स्थित रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीबीच झडप भएको छ।सोमबार बिहान नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झडप भएको हो।

गत शनिबार दुवै संगठनका विद्यार्थी पिकनिक गएका थिए।आज सोही विषयमा भएको सामान्य विवादले राजतीनिक रुप लिएपछि दुवै संगठनका विद्यार्थीबीच कुटाकुट भएको हो।

आरआर क्याम्पस स्ववियु सभापति तपेन्द्र शाहीले सामान्य विवादले राजनीतिक रुप लिएपछि विद्यार्थीबीच झडप भएको बताए।यस्तै नेविसंघ नेता उत्तम साउँदले नेविसंघ समर्थित विद्यार्थीलाई अखिलका कार्यकर्ताले पिटेको आरोप लगाएका छन्।

प्रहरीले उक्त घटनामा संलग्न केही विद्यार्थीलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ।झडपमा केही प्रहरी सामान्य घाइते भएका छन्।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?