सीमा विवादः सांसद बडुकोे प्रश्नमा प्रधानमन्त्री ओलीको यस्तो जवाफ

महेन्द्रनगर । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा शनिबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेद्र बडुले सिमा विवाद बारे गरेका प्रश्नमा प्रधानमन्त्री ओलीले प्र्रश्नको जवाफ फर्काएका छन् ।

कांगे्रस सांसद बडुले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई ‘सीमा विवादबारे प्रधानमन्त्री स्तरीय वार्ता कहिले हुन्छ ? नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा तथा कालापनी समेटिएको नक्सा कहीले जारी हुन्छ ? कालापानी क्षेत्रमा सुरक्षा चौकी कहिले सम्म स्थापना हुन्छन् ? लगायतका प्रश्न गरेका थिए ।

बडुको उक्त प्रश्नको जवाफ फर्काउदै प्रधानमन्त्रीले यस्तो भने ‘सीमा विवादबारे भनिसके कि नेपालको भूभाग नेपालले छोड्दैन । अहिले खासगरी उठेको प्रश्न कालीनदीको मुहानको बारेमा, लिम्पियाधुरा, कालापानी र लिपुलेकको बारेमा तथ्य प्रमाणहरुले यी क्षेत्रहरु नेपालको हुन भनेर देखाएको छ । र ति भूभाग फिर्ता लिन हामी कुटनितिक प्रयास गरीरहेका छौ । यो फलानो दिन वार्ता गर्छु भनेर एकतर्फी भन्ने कुरा होइन,दुईतर्फी सहमतीका साथ वार्ताको माध्यमबाट यस समस्याको समाधान गरीनेछ,’ ओलीले भने,‘मान्यजीहरुले र देशले नै अनुभुत गरेको होला अहिलेको सरकार सार्वभौम समानताका आधारमा वार्ता गर्ने प्रश्नमा, राष्ट्रियताको सवालमा राष्ट्रको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलीक अखण्डता र राष्ट्रिय हितमा कुनै अनुचित सम्झौता गर्दैन त्यसमा स्पष्ट हुन आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले थपे ‘हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौ, भने नक्सा छाप्ने कुरा त के भयो र ? नक्सा त तुरुन्त छाफिन्छ । सीमा चौकीको सम्बन्धमा ससस्त्र प्रहरीको बिओपी स्थापना गर्ने,त्यो काम भैरहेको छ ।’

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?