सीमा विवादः सांसद बडुकोे प्रश्नमा प्रधानमन्त्री ओलीको यस्तो जवाफ

महेन्द्रनगर । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा शनिबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेद्र बडुले सिमा विवाद बारे गरेका प्रश्नमा प्रधानमन्त्री ओलीले प्र्रश्नको जवाफ फर्काएका छन् ।

कांगे्रस सांसद बडुले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई ‘सीमा विवादबारे प्रधानमन्त्री स्तरीय वार्ता कहिले हुन्छ ? नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा तथा कालापनी समेटिएको नक्सा कहीले जारी हुन्छ ? कालापानी क्षेत्रमा सुरक्षा चौकी कहिले सम्म स्थापना हुन्छन् ? लगायतका प्रश्न गरेका थिए ।

बडुको उक्त प्रश्नको जवाफ फर्काउदै प्रधानमन्त्रीले यस्तो भने ‘सीमा विवादबारे भनिसके कि नेपालको भूभाग नेपालले छोड्दैन । अहिले खासगरी उठेको प्रश्न कालीनदीको मुहानको बारेमा, लिम्पियाधुरा, कालापानी र लिपुलेकको बारेमा तथ्य प्रमाणहरुले यी क्षेत्रहरु नेपालको हुन भनेर देखाएको छ । र ति भूभाग फिर्ता लिन हामी कुटनितिक प्रयास गरीरहेका छौ । यो फलानो दिन वार्ता गर्छु भनेर एकतर्फी भन्ने कुरा होइन,दुईतर्फी सहमतीका साथ वार्ताको माध्यमबाट यस समस्याको समाधान गरीनेछ,’ ओलीले भने,‘मान्यजीहरुले र देशले नै अनुभुत गरेको होला अहिलेको सरकार सार्वभौम समानताका आधारमा वार्ता गर्ने प्रश्नमा, राष्ट्रियताको सवालमा राष्ट्रको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलीक अखण्डता र राष्ट्रिय हितमा कुनै अनुचित सम्झौता गर्दैन त्यसमा स्पष्ट हुन आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले थपे ‘हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौ, भने नक्सा छाप्ने कुरा त के भयो र ? नक्सा त तुरुन्त छाफिन्छ । सीमा चौकीको सम्बन्धमा ससस्त्र प्रहरीको बिओपी स्थापना गर्ने,त्यो काम भैरहेको छ ।’

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?