अनाथालयमा जलेर १५ बालबालिकाको मृत्यु

काठमाडौं । अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले हैटीमा सञ्चालन गरेको अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ ।

हैटीको राजधानी पोर्ट औ पिन्सको अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको हो । ६० बालबालिका भने आगलागीबाट बाँच्न सफल भएका छन् ।

अनाथालयको चर्चबाट सुरु भएको आगोमा जलेर ती बालबालिकाको मृत्यु भएको हैटीस्थित युनिसेफको बालबालिका सुरक्षा प्रमुख जेनिफर मेल्टनले जनाएकी छन् ।

अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर, ठोस कारण अहिलेसम्म पत्ता लागिसकेको छैन ।

हैटीका राष्ट्रपति जोभेनल मोसीले एक ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । साथै उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

पेन्सिलभेनिया बेस्ड द चर्च अफ बाइबल अन्डस्ट्यान्डिङले हैटीमा सन् १९७७ देखि अनाथ र असहाय बालबालिकाका लागि लक्षित गरेर यो अनाथालय सञ्चालनमा छ । पछिल्लो समय गृहमा १५० बालबालिका आश्रित थिए ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?