११ औँ प्याब्सन फेस्टेवलको समापनः २१ स्वर्ण सहित डायमण्ड प्रथम

महेन्द्रनगर । महेन्द्रनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल कञ्चनपुरको आयोजनामा आयोजित ‘११ औँ प्याब्सन फेस्टेवल’मा डायमण्ड पब्लिक एकाडेमी प्रथम, सनराईज पब्लिक स्कुल द्धितिय र ब्राइट स्टार बोडिङ स्कुल तृतिय भएका छन् ।

जिल्लामा प्रथम भएको डायमण्डले आधारभुत तह अन्तर्गतका खेलमा ७ स्वर्ण, १ रजत, ६ कांस्य र त्यस्तै माध्यमिक तह अन्तर्गतका खेलमा १४ स्वर्ण, ३ रजत, ७ कांस्य गरी जम्मा २१ स्वर्ण, ४ रजत, १३ कांस्य पदक जितेको छ ।

द्धितिय भएको सनराईजले आधारभुत तहमा २ स्वर्ण, १ कांस्य र माध्यमिक तहमा ३ स्वर्ण, ५ रजत, २ कांस्य गरी जम्मा ५/५ स्वर्ण र रजत, ३ कांस्य पदक जितेको छ ।

त्यस्तै तृतिय भएको ब्राइट स्टार बोडिङ स्कुलले आधारभुत तहमा ५ स्वर्ण, २ कांस्य र माध्यमिक तहमा ३ रजत,२ कांस्य गरी जम्मा ५ स्वर्ण, ३ रजत, ४ कांस्य पदक जितेको छ ।

त्यस्तै मार्चपासको उत्कृष्ट पाँचमा डायमण्ड पब्लिक एकाडेमी, शान ईन्टरनेशनल,होली फेम्ली, ईन्टरनेशनल पब्लिक स्कुल र ज्ञानोदय पब्लिक एकाडेमी परेका छन् ।

बुधवार प्याब्सन कञ्चनपुरका अध्यक्ष महाशर्मा न्यौपानेको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रमका प्रमुख अथिति प्याब्सन सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा ग्लोबल एकाडेमीका प्रधानाध्यापक सुरेन्द्र ओझा रहेका थिए ।

११ औँ प्याब्सन फेस्टेबल का संयोजक अमराज भट्टले स्वगत मन्तब्य राखेको समापन कार्यक्रममा प्रमुख अथिति ओझाले सम्पुर्ण विजेता विद्यार्थी तथा विद्यालयलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा पत्रकार, प्रहरी, विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

ताजा खबर

पुर्व भारतीय सैनिक हरक सिह भण्डारीको निधन 

कञ्चनपुर, साउन ९  भारतीय सेनामा कार्यरत पुर्व सैनिक एव कञ्चनपुरका...

इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ,८ साउन  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको...

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?