११ औँ प्याब्सन फेस्टेवलको समापनः २१ स्वर्ण सहित डायमण्ड प्रथम

महेन्द्रनगर । महेन्द्रनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल कञ्चनपुरको आयोजनामा आयोजित ‘११ औँ प्याब्सन फेस्टेवल’मा डायमण्ड पब्लिक एकाडेमी प्रथम, सनराईज पब्लिक स्कुल द्धितिय र ब्राइट स्टार बोडिङ स्कुल तृतिय भएका छन् ।

जिल्लामा प्रथम भएको डायमण्डले आधारभुत तह अन्तर्गतका खेलमा ७ स्वर्ण, १ रजत, ६ कांस्य र त्यस्तै माध्यमिक तह अन्तर्गतका खेलमा १४ स्वर्ण, ३ रजत, ७ कांस्य गरी जम्मा २१ स्वर्ण, ४ रजत, १३ कांस्य पदक जितेको छ ।

द्धितिय भएको सनराईजले आधारभुत तहमा २ स्वर्ण, १ कांस्य र माध्यमिक तहमा ३ स्वर्ण, ५ रजत, २ कांस्य गरी जम्मा ५/५ स्वर्ण र रजत, ३ कांस्य पदक जितेको छ ।

त्यस्तै तृतिय भएको ब्राइट स्टार बोडिङ स्कुलले आधारभुत तहमा ५ स्वर्ण, २ कांस्य र माध्यमिक तहमा ३ रजत,२ कांस्य गरी जम्मा ५ स्वर्ण, ३ रजत, ४ कांस्य पदक जितेको छ ।

त्यस्तै मार्चपासको उत्कृष्ट पाँचमा डायमण्ड पब्लिक एकाडेमी, शान ईन्टरनेशनल,होली फेम्ली, ईन्टरनेशनल पब्लिक स्कुल र ज्ञानोदय पब्लिक एकाडेमी परेका छन् ।

बुधवार प्याब्सन कञ्चनपुरका अध्यक्ष महाशर्मा न्यौपानेको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रमका प्रमुख अथिति प्याब्सन सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा ग्लोबल एकाडेमीका प्रधानाध्यापक सुरेन्द्र ओझा रहेका थिए ।

११ औँ प्याब्सन फेस्टेबल का संयोजक अमराज भट्टले स्वगत मन्तब्य राखेको समापन कार्यक्रममा प्रमुख अथिति ओझाले सम्पुर्ण विजेता विद्यार्थी तथा विद्यालयलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा पत्रकार, प्रहरी, विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?