फेसबुकले हटायो ३ करोड ३ लाख हानिकारक सामग्री

काठमाडौं । सामाजिक संजाल फेसबुकले आफ्नो साइटबाट ३ करोड ३ लाख हानिकारक सामग्री हटाएको छ। फेसबुकले आफ्नो साइटबाट असामाजिक सामग्री हटाइएको दाबी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।

’पछिल्लो ३ महिनाको अवधिमा कुल ३ करोड ३ लाखभन्दा बढी हानिकारक सामग्रीहरू फेसबुकले हटाइएको छ’, फेसबुकलाई उदृत बीबीसीले लेखेको छ। त्यस्तै फेसबुकले अर्को चर्चित सामाजिक संजाल इन्स्टाग्रामबाट हटाइएको सामग्रीलाई पनि समावेश गर्दै अर्को छुट्टै तथ्याङ्क पनि सार्वजनिक गरेको हो।

बीबीसीका अनुसार हटाइएका सामग्रीमध्ये फेसबुकबाट १ करोड १६ लाख र इन्स्टाग्रामबाट ७ लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्री रहेका छन्। जसध्ये ९९ प्रतिशत सामग्री फेसबुकले आफैले पत्ता लगाएको र बाँकी करिब १ लाख सामग्री युजरले दिएको रिपोर्टका आधारमा पत्ता लगाइएको हो।

आत्महत्यासम्बन्धी २५ लाख सामग्री फेसबुकबाट र ८ लाख ४५ हजार इन्स्टाग्रामबाट हटाइएको छ। त्यस्तै लागुऔषध र बेचबिखनबारे फेसबुकबाट ४४ लाख र इन्स्टाग्रामबाट १५ लाख सामग्री हटाइएको छ। यस्ता विभिन्न शिर्षकमा फेसबुकको ठूलो परिमाणमा हानिकारक सामग्री हटाइरहेको छ । अन्नपुर्ण

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?