फेसबुकले हटायो ३ करोड ३ लाख हानिकारक सामग्री

काठमाडौं । सामाजिक संजाल फेसबुकले आफ्नो साइटबाट ३ करोड ३ लाख हानिकारक सामग्री हटाएको छ। फेसबुकले आफ्नो साइटबाट असामाजिक सामग्री हटाइएको दाबी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।

’पछिल्लो ३ महिनाको अवधिमा कुल ३ करोड ३ लाखभन्दा बढी हानिकारक सामग्रीहरू फेसबुकले हटाइएको छ’, फेसबुकलाई उदृत बीबीसीले लेखेको छ। त्यस्तै फेसबुकले अर्को चर्चित सामाजिक संजाल इन्स्टाग्रामबाट हटाइएको सामग्रीलाई पनि समावेश गर्दै अर्को छुट्टै तथ्याङ्क पनि सार्वजनिक गरेको हो।

बीबीसीका अनुसार हटाइएका सामग्रीमध्ये फेसबुकबाट १ करोड १६ लाख र इन्स्टाग्रामबाट ७ लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्री रहेका छन्। जसध्ये ९९ प्रतिशत सामग्री फेसबुकले आफैले पत्ता लगाएको र बाँकी करिब १ लाख सामग्री युजरले दिएको रिपोर्टका आधारमा पत्ता लगाइएको हो।

आत्महत्यासम्बन्धी २५ लाख सामग्री फेसबुकबाट र ८ लाख ४५ हजार इन्स्टाग्रामबाट हटाइएको छ। त्यस्तै लागुऔषध र बेचबिखनबारे फेसबुकबाट ४४ लाख र इन्स्टाग्रामबाट १५ लाख सामग्री हटाइएको छ। यस्ता विभिन्न शिर्षकमा फेसबुकको ठूलो परिमाणमा हानिकारक सामग्री हटाइरहेको छ । अन्नपुर्ण

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?