डोटी बस दुर्घटनाका नौ जना घाईतेलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ लगियो

कार्तिक १६ महेन्द्रनगर

डोटीमा आज बिहान भएको बसदुर्घटनाका नौ जना घाईतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरिक्षक मोहन धामीले डोटीमा उपचार सम्भव नभएका नौँ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ पठाईएको जानकारी दिए।

काठमाडौँ रेफर हुनेमा नेपाली सेनाका जवान उज्जवल देवकोटा सहित डोटीकी ३७ वर्षीया मैना तिरुवा, डोटी सलेनाकी ३० वर्षीया रेश्मा लुहार, आयुश विक, ठेगना नखुलेका ३८ वर्षीय मदन जेठारा, बिक्रम लुहार, ईश्वरी केसी र अछामका मुकेश कुँवर रहेको उनले दिनेश खबरलाई जानकारी दिए।

डोटीमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढि घाईते भएका थिए। नेपाल प्रहरी र नेपाली सेनाका आठ जना पनि घाईते भएका थिए। उनीहरुसँग चारजना कुरुवा पनि काठमाडौँ गएका छन्। 

दिनेश खबरमा यो समाचार प्रकाशित छ !

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?