डोटी बस दुर्घटनाका नौ जना घाईतेलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ लगियो

कार्तिक १६ महेन्द्रनगर

डोटीमा आज बिहान भएको बसदुर्घटनाका नौ जना घाईतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरिक्षक मोहन धामीले डोटीमा उपचार सम्भव नभएका नौँ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ पठाईएको जानकारी दिए।

काठमाडौँ रेफर हुनेमा नेपाली सेनाका जवान उज्जवल देवकोटा सहित डोटीकी ३७ वर्षीया मैना तिरुवा, डोटी सलेनाकी ३० वर्षीया रेश्मा लुहार, आयुश विक, ठेगना नखुलेका ३८ वर्षीय मदन जेठारा, बिक्रम लुहार, ईश्वरी केसी र अछामका मुकेश कुँवर रहेको उनले दिनेश खबरलाई जानकारी दिए।

डोटीमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढि घाईते भएका थिए। नेपाल प्रहरी र नेपाली सेनाका आठ जना पनि घाईते भएका थिए। उनीहरुसँग चारजना कुरुवा पनि काठमाडौँ गएका छन्। 

दिनेश खबरमा यो समाचार प्रकाशित छ !

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?