सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट सुदूरपश्चिमका युवा उद्यमी तथा शिक्षाविद् हेमराज भट्ट खुलातर्फ १,१३७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पहिलो महाधिवेशनमै देशभरका प्रतिनिधिहरूको उल्लेखनीय समर्थन प्राप्त गर्दै पार्टीको केन्द्रीय नेतृत्वमा स्थान बनाउन सफल भएपछि उनको सफलताले विशेष चर्चा बटुलेको छ।

राजनीतिमा कुनै स्थापित पारिवारिक पृष्ठभूमि वा व्यापक प्रचार–प्रसारको सहाराबिना आफ्नै मेहनत, संघर्ष र कार्यसम्पादनका आधारमा प्रतिनिधिहरूको विश्वास जित्दै केन्द्रीय नेतृत्वमा पुगेका भट्टको विजयलाई सुदूरपश्चिमका युवाको उपलब्धिका रूपमा समेत हेरिएको छ। उनको जितले पार्टीभित्र कर्मशील, सक्षम र नयाँ पुस्ताप्रतिको विश्वास झनै बलियो बनेको विश्लेषण गरिएको छ।

कैलालीको अत्तरियास्थित सामान्य किसान परिवारमा जन्मिएका भट्टले जीवनको सुरुवाती चरणदेखि नै संघर्षलाई साथ दिएका थिए। बिहान ३ बजे उठेर साइकलमा फलफूल बिक्री गर्ने, विभिन्न साना व्यवसाय सञ्चालन गर्दै अध्ययनलाई निरन्तरता दिने उनको यात्राले आज शिक्षा, उद्यमशीलता र राष्ट्रिय राजनीतिसम्मको उचाइ हासिल गरेको छ।

उच्च शिक्षा अध्ययनकै क्रममा उनले स्थापना गरेको ‘क्यारियर स्टेशन’ अहिले नेपालका सफल शैक्षिक संस्थामध्ये एकका रूपमा परिचित छ। उनी हाल मिल्टन इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा कार्यरत छन्। साथै विभिन्न व्यावसायिक संस्थामा व्यवसायिक परामर्शदाता भएर काम गर्दै ५० भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेका छन् भने सयौँ विद्यार्थीलाई उच्च शिक्षा र करियर निर्माणमा मार्गदर्शन गर्दै आएका छन्।

भट्टको विजयले सुदूरपश्चिमको प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय तहमा थप मजबुत बनाएको छ। साथै संघर्ष, उद्यमशीलता र परिणाममुखी सोच बोकेका युवाले राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्न सक्ने सन्देश पनि दिएको धेरैको बुझाइ छ।

पहिलो महाधिवेशनबाट १,१३७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भट्टबाट अब शिक्षा, उद्यमशीलता, रोजगारी सिर्जना र सुशासनजस्ता विषयलाई पार्टीभित्र र राष्ट्रिय राजनीतिमा सशक्त रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। संघर्ष, परिश्रम र दृढ संकल्पको उदाहरण बनेका हेमराज भट्ट धेरै नेपाली युवाका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुँदै गएका छन्।

ताजा खबर

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई झोला वितरण

कञ्चनपुर ११ असार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३...

वेदकोट नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढीको बजेट सार्वजनिक

कञ्चनपुर १० असार कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न...

लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ, अनुसन्धान जारी

कञ्चनपुर १० असार कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध खैरो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?