लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ, अनुसन्धान जारी

कञ्चनपुर १० असार

कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असार ९ गते अस्थायी प्रहरी बिट भाँसी, अस्थायी प्रहरी पोस्ट गैलनदी तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा कारबाही गरेको हो।

प्रहरीले भीमदत्त नगरपालिका–१ बाराकुण्डा निवासी योगी धामीप्रकाश भण्डारीलाई योगी धामीको घरको आँगनमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनीहरूले लुकाइछिपाइ राखेको ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ।

त्यसैगरी भीमदत्त नगरपालिका–१ भाँसी निवासी बालचन्द्र धामी तथा भीमदत्त नगरपालिका–१० निवासी गणेश बिष्टलाई भाँसीस्थित उनीहरू बस्ने भाडाको कोठामा शंकास्पद अवस्थामा जाँच गर्दा १७० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा खबर

वेदकोट नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढीको बजेट सार्वजनिक

कञ्चनपुर १० असार कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न...

भुजेला खोला सफाइपछि बाढीको जोखिम कम, स्थानीय लाइ राहत

कञ्चनपुर ८ असार भीमदत्त नगरपालिका वडा नम्बर ११ मा रहेको...

भीमदत्त–१८ की निर्वाचित वडा सदस्य लागुऔषध सहित पक्राउ, थप अनुसन्धान जारी

कञ्चनपुर ७ असार  भीमदत्त नगरपालिका वडा नम्बर १८ की निर्वाचित...

खप्तड कृषि सहकारीद्वारा निर्मित दुग्ध संकलन केन्द्रको सार्वजनिक सुनुवाइ सम्पन्न

कञ्चनपुर ६ असार खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी अस्पताल तथा...

ब्रह्मदेव–टुँडिखेल सडक र वडा सचिवको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

कञ्चनपुर २ असार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?