लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ, अनुसन्धान जारी

कञ्चनपुर १० असार

कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असार ९ गते अस्थायी प्रहरी बिट भाँसी, अस्थायी प्रहरी पोस्ट गैलनदी तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा कारबाही गरेको हो।

प्रहरीले भीमदत्त नगरपालिका–१ बाराकुण्डा निवासी योगी धामी र प्रकाश भण्डारीलाई योगी धामीको घरको आँगनमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनीहरूले लुकाइछिपाइ राखेको ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ।

त्यसैगरी भीमदत्त नगरपालिका–१ भाँसी निवासी बालचन्द्र धामी तथा भीमदत्त नगरपालिका–१० निवासी गणेश बिष्टलाई भाँसीस्थित उनीहरू बस्ने भाडाको कोठामा शंकास्पद अवस्थामा जाँच गर्दा १७० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?