दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

 

पप्पु गुरुङ 

कञ्चनपुर १९ जेठ

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सञ्चालित एक महिने मेसिनेरी होजियारी तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको सहयोगमा दोधारा चाँदनी नगरपालिकामा एक महिने मेसिनेरी होजियारी तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने २० जना महिलालाई सहभागी गराई तालिम सम्पन्न गरिएको सहजकर्ता जयन्ती भट्टले बताउनुभयो । तालिममा धागोबाट स्वेटर, गलबन्दी, टोपी, मोजा, पञ्जा लगाएत सामग्री बुन्न सिकाईएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ताभट्टले बताउनुभएको छ् । मेसिनेरी होजियारी तालिमको समापन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएकाले सहभागीहरुले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ् । तालिम पाएर महिलाहरुको आयआर्जनमा टेवा पुग्ने नगर प्रमुख किशोर कुमार लिम्बुले बिश्वास ब्यक्त गर्नुभएको छ् । नगर क्षेत्रका महिलालाई सक्षम र स्वरोजगार बनाउने नीति अनुसार पालिकाले बेलबखत बिभिन्न तालिमको आयोजना र आवश्यक सहयोग गर्दै आएको नगर प्रमुख लिम्बुले बताउनुभयो । उहाँले गृहिणीहरुले अब चुलोचौको र मेलापातमा अल्झिन नहुने बताउनुभयो । समापन सत्रमा तालिममा सहभागी महिलाहरुलाई प्रमाण पत्र सहित बुनाई मसिन प्रदान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाले जनाएको छ् ।

 

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?