भारत यात्रा पूरा गरेर फर्किएकी साईकल यात्री यमुना ढकालद्वारा दोधारा चाँदनीमा वृक्षारोपण

कञ्चनपुर १३ जेठ
नेपालको झापा जिल्ला निवासी साहसी युवती यमुना ढकालले १०७ दिनमा करिब ५ हजार किलोमिटर लामो साइकल यात्रा पूरा गर्दै भारतका विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमण सम्पन्न गरेकी छन । वातावरण संरक्षणको सन्देशलाई जनमानसमा फैलाउने उद्देश्यका साथ सुरु गरिएको उनको यात्रा सफलतापूर्वक पूरा भई नेपालको पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकी हुँदै स्वदेश प्रवेश गरेकी हुन ।

ढकालले आफ्नो यात्राको क्रममा भारतका विभिन्न महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यहरू पार गरेकी थिइन । उनले नेपालबाट यात्रा सुरु गर्दै भारतको अयोध्या, मथुरा, वृन्दावन, दिल्ली, पञ्जाब, अमृतसर, वाघा बोर्डर, बद्रीनाथ, केदारनाथ, हरिद्वार, नजीबाबाद, धामपुर, मुरादाबाद, बरेली हुँदै बनबसा पुगेर यात्रा सम्पन्न गर्नु भएको थियो । १०७ दिनसम्मको एकल साइकल यात्रामा उनले हजारौँ किलोमिटर दूरी पार गर्दै वातावरण संरक्षण र हरियाली प्रवद्र्धनको सन्देश बोकेर भारतका विभिन्न स्थानमा आफ्नो अभियानलाई निरन्तरता दिएकी थिइन ।

भारत भ्रमणको अन्तिम चरणमा उनले पीलीभीतमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेपछि नेपाल फर्किएकी हुन्। । स्वदेश फर्किए लगत्तै उनले नेपालको पश्चिमी प्रवेशद्वारको रूपमा परिचित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पनि बुधवार वृक्षारोपण कार्यक्रम आयोजना गरी आफ्नो अभियानलाई निरन्तरता दिएकी छन्। ।

ढकालले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्वुले साइकल यात्री यमुना ढकाललाई स्वागत गर्दै एक नेपाली चेलीले एक्लै साइकल मार्फत भारतका विभिन्न शहरहरूको लामो यात्रा गर्नु आफैँमा साहसिक र प्रेरणादायी कार्य भएको बताउनु भएको छ । उनले यस्ता गतिविधिले युवा पुस्तालाई नयाँ ऊर्जा र प्रेरणा दिने उलल्लेख गर्दै ढकालको साहसिक कदमले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुगेको समेत बताएका छन भने आगामी दिनमा पनि यस्ता अभियानहरू निरन्तर अघि बढाउन शुभकामना व्यक्त गरेका छन ।

यात्राका क्रममा वातावरण संरक्षण, वृक्षारोपण र हरियाली विस्तारको सन्देश बोकेर अघि बढेकी ढकालले आफ्नो यात्रालाई केवल भ्रमणमा सीमित नराखी सामाजिक चेतना फैलाउने अभियानका रूपमा अघि बढाएकी थिइन्। । विभिन्न स्थानमा स्थानीय समुदायसँग भेटघाट, संवाद तथा वृक्षारोपण कार्यक्रममार्फत उनले वातावरणीय संरक्षणको आवश्यकता र महत्त्वबारे जनचेतना फैलाउने प्रयास गरेकी थिइन्।

साइकल यात्राको अनुभव सुनाउँदै ढकालले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले कठिन देखिएको यात्रा सहज रूपमा पूरा गर्न सफल भएको बताइन्। । यात्रा अवधिभर विभिन्न स्थानका स्थानीय नागरिक, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको सहयोगले आफूलाई थप ऊर्जा दिएको वताउदै आगामी दिनमा पनि आफ्नो साइकल यात्रालाई अन्य देशहरूमा समेत विस्तार गर्दै वातावरण संरक्षण र हरियाली अभियानलाई अझ व्यापक बनाउने योजना रहेको बताएकी छन्। । वातावरण जोगाउने साझा अभियानमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले वृक्षारोपणलाई केवल कार्यक्रमका रूपमा नभई दिगो जिम्मेवारीका रूपमा लिन आग्रह गरेकी छन्। ।

यमुना ढकालको यो साहसिक साइकल यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र नभई वातावरण संरक्षण, महिला सशक्तीकरण र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रेरणादायी अभियानका रूपमा हेरिएको छ । उनको यात्राले युवा पुस्तालाई नयाँ सोच, साहस र समाजप्रतिको जिम्मेवारीबोधको सन्देश दिएको स्थानीयले बताएका छन्।

ताजा खबर

वाणिज्य संघद्वारा औद्योगिक क्षेत्र, महाकाली करिडोर र दैजी–जोगबुडा सडकलाई प्राथमिकता दिन आग्रह

कञ्चनपुर १० भाद्र  कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक...

न्यूनतम पारिश्रमिकभन्दा आधा तलबमा काम गर्दै भीमदत्तका निजी स्रोत शिक्षक

कञ्चनपुर — भीमदत्त नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा निजी स्रोतबाट कार्यरत...

बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, ७ भदौ  बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम...

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?