जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले कञ्चनपुरमा प्रथम राष्ट्रिय रेफ्री सेमिनार २०८३ सम्पन्न गरेको छ ।

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले कञ्चनपुरमा प्रथम राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न गरेको हो । यहि जेठ ६ गते देखि कञ्चनपुरको मेहन्द्रनगरमा शुरु भएको प्रथम राष्ट्रिय रेफ्री सेमिनार २०८३ शुक्रवार सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको उक्त सेमिनार बाट २० जना प्रशिक्षार्थीहरुले सफलता प्राप्त गरेका छन । करातेको ईतिहासमा महासंघ संगै संघ पनि वलियो हुने हुदा जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले राष्ट्रिय रेफ्री सेमिनार आयोजना गरेको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रीय महासचिव ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले वताउनु भएको छ । साथै उहाले खेलकुद क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउँदै खेललाई खेलकै दृष्टिकोणबाट अगाडि बढाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको समेत वताउनु भयो ।

प्रथम राष्ट्रिय रेफ्री सेमिनार २०८३ को समापन समारोहमा प्रमुख अतिथी रहेका जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गादत्त वोहराले प्रशिक्षित रेफ्रीहरुलाइृ प्रमाणपत्र, टाई र व्याच वितरण गर्दै शुभकामना दिनु भएको थियो । कार्यक्रममा वरिष्ट कराते प्रशिक्षक विमल खडायत , ओलम्पियन डम्मर भट्ट, लगायत जापान कराते डो कोशिकाई संघका खेलाडिहरुको उपस्थिती रहेको थियो ।

 

ताजा खबर

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?