वेदकोटमा बालकमाथि अमानवीय व्यवहार, एक जना पक्राउ

कञ्चनपुर १८ वैसाख

कञ्चनपुरमा एक बालकमाथि अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति वेदकोट नगरपालिका–५ का ३७ वर्षीय भोज नाथ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार वेदकोट–५ कै ११ वर्षीय बालकमाथि हातखुट्टा बाँधेर कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। सोही आधारमा नाथलाई पक्राउ गरिएको हो। उनीविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाको विवरणअनुसार बालक चौधर नदी पूर्वतर्फ रहेको नाथको तरकारी बारीमा हराएको क्रिकेट बल खोज्न पुगेका थिए। त्यस क्रममा खरभुजा चोरी गरेको आरोप लगाउँदै नाथले बालकमाथि कुटपिट गरेका थिए। कुटाइका कारण बालकको टाउकोमा चोट लागी तीन वटा टाँका लगाउनुपरेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बालकका हातखुट्टा बाँधेर थप यातना दिएको दृश्य देखिएको छ। पीडित बालकका अभिभावक रोजगारीका लागि भारतमा रहेका छन् भने उनी वेदकोटमै आफ्नी हजुरआमासँग बस्दै आएका थिए।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?