बैतडी,२८ पाैष ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन भएका छन् ।

राप्रपाको आईतबार बैतडी सदरमुकाममा सम्पन्न भएको जिल्ला भेलाले भट्टको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । उक्त समितिको उपाध्यक्षमा अम्बिका भण्डारी चयन भएकी छन् ।
अन्य पदाधिकारी भने चयन भएका सदस्यहरुबाटै टुंगो लगाइने अध्यक्ष भट्टले बताए ।
राप्रपाले जिल्लाका १० स्थानीय तह र दुईटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।
जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएपछि अध्यक्ष भट्टले पार्टीको संगठन विस्तारमा जोड दिने बताए ।



