बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी  

कञ्चनपुर, २४पुष

कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता अहिले लालपुर्जाका मालिक भएका छन । बेदकोट ८ का जनताले दशक अर्थात ६० बर्षपछि लालपुर्जा पाएर जमिनको मालिक भएका हुन ।

दुई बर्ष ७० र अहिले ६१ किसानले लालपुर्जा पाएको बेदकोट नगरपालिका ८नम्बर वडा कार्यालयले जनाएको छ । जमिन उपभोग गरेको बषौँपछि बेदकोट ८ का स्थानीय १सय ३१ किसानले जमिनको स्वामित्व पाएका छन । भने, बेदकोट नगरपालिका ६का ३१किसानले पनि लालपुर्जा पाएका छन ।,

झण्डै ६ दशक अर्थात ६१ बर्षपछि उनीहरुले जमिनको लालपुर्जा पाएका हुन । स्व.महेन्द्रराजाले ऐलानी खोलेका बेला ०२२ सालदेखि यता पहाड सहित अन्यन्त्र जिल्लाबाट साविक सुडा पञ्चायत, गाविस हुँदै हाल बेदकोट नगरपालिका ८ मा बसाईसरी आएका थिए । यस विचमा लालपुर्जा पाउनबाट बञ्चित एव छुट स्थानीयले अहिले आएर पाएका छन ।

बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले लामो समयको प्रतिक्षा पछि १सय ३१ किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए । वडाध्यक्ष जोशीले वडाबाट २सय १३ किसानलाई लालपुर्जा वितरणका लागि सिफारिस गरेपनि जिल्ला भूमि आयोगले पहिलो चरणमा ७० र अहिले ६१ किसानलाई मात्रै लालपुर्जा वितरण गरेको बताए । वडाध्यक्ष जोशीले बषौँदेखि जमिन उपभोगदेखि संरक्षण गर्दै आएका किसानले ढिलोगरी लालपुर्जा पाएको बताए । तत्तकालिन नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता जोशीले नागरिकलाई जमिनको मालिक बनाउनुपर्ने आफुहरुको दायित्व रहेको औल्याएका छन ।

बेदकोट नगरपालिका ६का वडाध्यध्यक्ष तुलसी रानाले पनि यस अघि पुर्जा नपाएका किसानले अहिले पाएको बताए । वडाध्यक्ष रानाले पनि छुटपुट पछि पनिवितरण गरिने बताए । नेकपा नेता समेत रहेका वडाध्यक्ष रानाले जनताको भावना अनुरुप कामकाज गर्नुपर्ने बताए । बेदकोट नगरका मेयर भोजराज बोहराले ८ र ६ नम्बर वडा जस्तै अन्य वडाहरुमा समेत लालपुर्जा वितरण गरिने बताए । मेयर बोहराले वडाध्यक्ष महेश दत्त जोशी, तुलसी राना सहित पालिका, आयोग सहितको प्रयासले केही किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए । काँग्रेस नेता समेत रहेका मेयर बोहराले अन्य वडाध्यक्षहरुलाई समेत आयोगको कामकाज अघि बढाउन आब्हान गरेका छन ।

बेदकोट नगरका उपमेयर तुलसी जोशीले ८कोे जस्तै अन्य वडाहरुले समेत सकृय हुनुपर्नेमा जोडदिदै नगरका १० वटै वडामा बाँकी रहेको काम शिघ्र गर्नुपर्ने अनुरोध गर्दै आवश्यक स्रोत साधन दिईने बताए । ‘हामी अन्य वडामा समेत शिघ्र लालपुर्जा वितरण गछौँ, ‘उपमेयर जेशीलेले भनिन, ‘यस अघि जमिन नापजाँच भएकोदेखि अन्य सबैतिर हामीपनि पालिकाबाट आवश्यक सहयोग गछौँ, तपाईहरु समेत फिल्डमा खटिनुहोला ।’ काँग्रेस नेतृ समेत रहेकी उपमेयर जोशीले जनतालाई सम्पत्तीको हक दिलाउनु स्थानीय सरकारको कर्तव्य रहेको औल्याईन ।

६ दशकपछि जमिनको मालिक भएका स्थानीयले लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन । उनीहरुले बेदकोट ८, नगरपालिका नेतृत्व एव भूमि आयोगप्रति आभार प्रकट गरेका छन । स्थानीय रतनराम लुहारले बाजेका पालामा बसेको र अहिले नातीका पालामा आएर जमिनको स्वामित्व पाएको बताए । ‘हामी त यहाँ दार्चुलाबाट आएका हौँ, ‘उनले भने, ‘यो ६० बर्षसम्म जमिन जोते खाए तर कानुनी रुपमा हामीसंग जमिनको केही प्रमाण थिएन, आज पाएर खुसी भएका छौँ ।

’लालपुर्जा पाएकी अर्का स्थानीय सुनिता नाथले पनि ससुराका पालामा ०२२ सालतिर बसेको र अहिले ०८० सालमा आएर मात्रै लालपुर्जा पाएको बताईन । ‘हाम्रो परिवार उतिबैले ऐलानी खुलेका बेलामा बसेको थियो, ‘उनले भनिन, ‘यस विचमा कुनै पनि सरकार र आयोगले हामीलाई लालपुर्जा दिएर अहिलेका जनप्रतिनिधी, सरकार र आयोगले हामीलाई जमिनको मालिक बनाएको छ, हामी खुसी भएका छौँ ।’ बेदकोट नगरपालिकाले अन्य वडाहरुमा पनि यसैगरी लालपुर्जा वितरण गर्ने जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रशाद रिजालले बेदकोट नगरपालिका ८सहित देशभरका वडा, पालिका, आयोगहरु समेत सकृय हुनुपर्ने बताएका छन । अध्यक्ष रिजालले स्थानीय जनप्रतिनिधी सहितका सरोकारवाला निकाय सकृय हुनुपर्ने बताए । कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो

 

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?