पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष ।
आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुर क्षेत्र २ ले सर्वसम्मत उम्मेदबार छान्न नसकेन । लोकतान्त्रिक चुनावी बिधीबाट एमाले कञ्चनपुर क्षेत्र २ले उम्मेदवार छनौट गरेको हो ।
एमालेले उक्त क्षेत्रबाट पुर्व मेयर अशोक कुमार चन्द, पुर्व सांसद नर बहादुर धामी र महिला नेतृ पार्वती जोशीलाई छनौट गरेको जनाएको छ ।
शनिबार झलारीमा एमाले क्षेत्र २कमिटीको बैठकले पाटी केन्द्रले तोके अनुरुप २ पुरुष सहित १ महिला उम्मेदवार छान्न नसकेपछि आइतबार निर्वाचन गरेको थियो । एमाले कञ्चनपुरका युवा नेता प्रविन बोगटीले आकाँक्षी बढी देखिएकाले सर्वसम्मत उम्मेदवार छनौट गर्न नसकेपछि चुनावी प्रकृयाबाट छानेको बताए ।
उनका अनुसार क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवारका लागि अशोक कुमार चन्द ६१ सर्वाधिक मत र नर बहादुर धामीले ५७ मत र महिला तर्फ एमाले नेतृ पार्वती जोशीले ४४ मतका साथ निर्वाचित भएका छन ।
खुला तर्फ बचन बहादुर सिहले ५० र महिला तर्फ लक्ष्मी बुढाले ४१ मत ल्याएका छन । कुल ९५ मतदाता मध्य ८४मत खसेका थिए ।
चन्दको प्रस्तावमा जगत बहादुर सिह, सर्मथकमा पार्वती भाट, धामीको प्रस्तावक अर्जुन भट्ट, सर्मथक पार्वती लुहार, जोशीको प्रस्तावमा पार्वती भाट, सर्मथकमा मोनिका भण्डारी, सिहको प्रस्तावमा नरेश कार्की, सर्मथकमा नरेश बहादुर सिह र बुढाको प्रस्तावमा राजेश शाही र सर्मथकमा जगत सिह थिए ।
चन्द ०७४मा एमालेबाट बेदकोट नगरका मेयर हुन । उनी विवादरहित एव नगरको नेतृत्व पाएपछि दीगो विकास निर्माणका कामजदेखि अन्य एमाले नेताको जस्तो कट्टर एमालेवादी नभई फरक दलको समेत विचार सम्मान गर्दै नगरको बृद्धि विकासमा योगदान पु¥याए बाफत पाटी भित्र र बाहिर जनमासमा राम्रो छवि कमाएका छन । धामी यस अघि ०७०, ०७४ र ०७९मा टिकट पाईसकेका नेता हुन । ०७४मा तत्तकालिन माओवादीसंगको गठबन्धन भएपछि एमाले नेता धामी जितेका थिए । सिह यस अघि ०७९मा क्षेत्र २९क०बाट उम्मेदवार बनिसकेका थिए । यता ०७९मा बेदकोट नगरको उपमेयरकी उम्मेदबार पार्वती जोशी नगरमा पराजित भएपछि महिला तर्फ प्रतिनिधी सभा सदस्य उम्मेदबारका लागि पाटीबाट आफुलाई अनुमोदित भएकी छिन । एमाले कञ्चनपुरकै नेतृत्व हाकिरहेकी पाटी जिल्ला कमाण्डर लक्ष्मी बुढालाई भने आफ्नै पाटीका नेता कार्यकर्ताहरुले पत्याएनन् । एमाले क्षेत्र १ र ३मा पनि उम्मेदबार छान्नेक्रम जारी रहेको जनाएको छ ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?