हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त,

महेन्द्रनगर,१९ पाैष ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान घाटमा मकरमेला संचालनका लागि मुल समिति एव उपसमिति गठन गरिएको छ । हरेक बर्ष माघ संक्रान्तिको अवसरमा हरिहर स्नान घाटमा लाग्ने मकरमेला संचालनका लागि मुल समिति एव उपसमिति गठन गरिएको हो ।

शुक्रबार सिद्धनाथ बैजनाथ मन्दिर सरक्षण समितिमा आयोजित भेलाले मुल समिति र विभिन्न उपसमिति गठन गरेको जनाएको छ ।

सिद्धनाथ बैजनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष दिपेन्द्र सिह भण्डारीले मकरमेला सफलतापुर्वक सम्पन्न गर्नका लागि मुल समिति र उपसमिति गठन गरिएको बताए । अध्यक्ष भण्डारीका अनुसार भीनपा १२का वडाध्यक्ष भुपेन्द्र सिह रावलको संयोजकत्वमा वडा सदस्य नर बहादुर साउद सहसंयोजक सहित रहेका छन ।

व्यस्थापन स्नानघाट उप समितिको संयोजक महेश बहादुर साउद, प्रचारप्रसार समितिको संयोजकमा पत्रकार डिल्लीराज पन्त, सदस्य लोकराज पन्त, उत्तम सुनार रहेका छन । पुजा अर्चना तथा अतिथि सत्कार उपसमितिको संयोजकमा विष्णूदत्त पन्त, सदस्यमा द्रोपती अवस्थी, विद्युत आपूर्ति उपसमिति संयोजकमा भीम बहादुर बुढा,सदस्य शेरसिह देउपा, दाउरा व्यवस्थापन उपसमिति संयोजकमा बहादुर सिह भण्डारी, सदस्य कृष्ण बहादुर कडायत, खडक सिह साउद, गोपाल सिह साउद, बसन्त सिह साउद, युवा स्वयमसेवक परिचालन उपसमितिको संयोजकमा शेर बहादुर विष्ट, सदस्यमा रोशन विष्ट, प्रकास साउद, बिक्रम साउद, निखिल पन्त, मलिन साउद, कृष्ण कठायत, सन्देश विष्ट, मेला अनुगमन तथा निरीक्षक उपसमिति संयोजकमा कृष्णसिह देउवा, सदस्यमा अमराज भट्ट, टेक बहादुर कठायत रहेका छन । प्राथमिक उपचार उपसमिति संयोजकमा महेश प्रशाद जोशी चयन भएका छन । हरिहर घाटमा ३०पुष र १माघमा मेला लाग्नेछ ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?