एमाले कञ्चनपुर उम्मेदबार सिफारिस बबण्डर ः जिल्लाको सुची लत्याएर बाहिरबाटै उम्मेदवार 

कञ्चनपुर, १५ पुष 

नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिले सिफारिस गरेका उम्मेदवार भन्दा बाहिरबाटै समानुपातिक उम्मेदवारको सुची पाटीले निर्वाचन आयोगमा बुझाएको छ । एमाले कञ्चनपुरले जिल्लाबाट सिफारिस गरेका समानुपातिक उम्मेदवार भन्दा बाहिरबाटै पाटीले निर्वाचन आयोगमा सुची बुझाएको हो ।

आगामी २१फागुनल ०८२मा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका एमाले जिल्लाबाट सिफारिस गरेका नाम भन्दा बाह्यबाट नाम परेपछि बबण्डर मच्चिएको छ ।

चुनाव हुन नसक्ने, चुनाव बिरोधमा रहेको एमालेले सोमबार मध्यरातमा समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएको हो ।

एमाले केन्द्रले बुझाएका उक्त बन्दसुचिमा जिल्लाबाट पठाएका कुनैपनि उम्मेदवारका नाम सिफारिस नपरेपछि जिल्लामा बबण्डर मच्चिएको छ । पाटीले यस अघि सांसद भएका, पुर्व मन्त्रीको नाम सिफारिस नगर्न मापदण्ड तय गरेर नाम पठाउन जारी गरेको थियो, तर जिल्लाले सिफारिस गरेका उम्मेबारको लिष्ट रद्दीको टोकरीमा राख्दै यस अघि सांसद भईरहेका निरुदेवी पाल र कृपाराम रानालाई बन्द सुचिमा राखेपछि एमालेभित्र विवाद चुलिएको छ । राना ०७०मा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनबाट समानुपातिक सांसद र पाल ०७४मा प्रतिनिधी सभा सदस्य निर्वाचनबाट समानुपातिक सांसद भईसकेका थिए । ०७९मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा राना क्षेत्र २(ख) र पाल क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्यकी उम्मेबार हुन । पाल ०६५मा पनि सम्पन्न भएको पहिलो संविधान सभा सदस्य उप निर्वाचन तत्तकालिन क्षेत्र ४बाट समेत उम्मेदवार थिईंन ।

एमाले युवा जेनजी पुस्ताले वर्तमान जनादेशको मर्म भावना विपरित यस अघि सांसद भईसकेका व्यक्तिलाई नै अबसर दिएको भन्दै चरम असन्तुष्टी व्यक्त गरिरहेका छन । पटक पटक सांसदको टिकट पाएका समानुपातिक सांसद भएका नेता पुनपुन दोहोरिएका भन्दै एमाले युवाजेन्जी पुस्ताले असन्तुष्टी पोखिरहेका हुन । उहाँहरु समानुपातिक तर्फ जान चाहेको भए जिल्लाबाट सिफारिस भए राम्रो हुने नेता कार्यकर्ताहरुको सुझाव छ ।

एमाले कञ्चनपुर स्रोतका अनुसार खसआर्य पुरुष तर्फ नन्दलाल चटौत, स्थिर प्रशाद घिमिरे खसआर्य महिला तर्फ कमला बोहरा, चिनी गिरी, शुशिला सिह, आदिवासी जनजाती तर्फ फैरु तामाङ्ग, दलितबाट लक्ष्मी विक, तेज बहादुर विक, थारुबाट चित्रा चौधरी, ईकरानी राना, रमिता राना(बडायक), थारु पुरुषबाट कलबिर चौधरी, ज्ञानेन्द्र राना, करमसाय रानालाई सिफारिस गरेको थियो ।तर, जिल्ला पाटीले सिफारिस गरेको भन्दा हाईज्याक गरेर केन्द्रपाटीले बन्द सुचीमा नाम राखेपछि एमाले कञ्चनपुर पाटी झक्सिएको छ । एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले जिल्लाबाट सिफारिस गरेका उम्मेदवार भन्दा बाहिरबाट ल्याएर बन्द सुचिमा राखेको बताईन । ‘हामीले जिल्लाबाट सिफारिस गरेर पठाएका नामावली थन्क्याएर यहाँ यस अघि सांसद भईसकेका निरुदेवी पाल र कृपाराम रानालाई मात्रै फारम भर्न लगाएको रहेछ, ‘उनले भनिन, ‘जिल्ला पाटीको सिफारिस भन्दा बाहिरबाटै सिफारिस गरियो, यो पाटीका लागि दुखत विषय हो ।’ अध्यक्ष बुढाले यस अघि सांसद, मन्त्री भईसकेका नेताहरुलाई समानुपातिक तर्फ सिफारिस नगर्न निर्देशन दिएपनि केन्द्र पाटीले आफैले दिएको निर्देशन उलङघन गर्दै बन्द सुचीमा जिल्लाको सिफारिस वास्ता नै नराखेको दुखेसो पोखिन । एमाले नेतृत्व आफै लोकतान्त्रिक विधी प्रकृयाको हुर्मत दिएर अरुपाटीमाथि जाईलाग्ने तर, आफै जिल्लाले पठाएको नामावली थन्क्याएर आफुखुसी यसरी उम्मेदवार बन्दसुचीमा राखेको भन्दै पाटी तत्तकालिन बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समुह समेत रुष्ट भएका

छन ।

 

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?