राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको अध्यक्षमा दान बहादुर चन्द चयन भएका छन । बिहीबार राप्रपा बेदकोट नगरको प्रथम भेलाबाट अध्यक्षमा चन्द सर्वसम्मत चयन भएका हुन ।


राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले सर्वसम्मतीय आधारमा नयाँ कार्य समिति चयन गरिएको बताए ।
उपाध्यक्ष संदिप केसी,महिला उपाध्यक्ष मञ्जु चौधरी, सचिव भुवन बहादुर शाही , सहसचिवद्वय सोमराज जोेशी , कृष्णराज पाण्डे र सदस्यहरु तर्फ बम बहादुर बम,जयन केसि डम्बर बहादुर साउद, मोहनजंग रोकाया, मावधी चन्द, पदम ब. सिह, कर्ण बहादुर चन्द, रुपेश केसी, सुरेन्द्र कुँवर, कर्ण बहादुर रावल, कृपा बुढा मगर,नवराज जोशी, निर्मल विष्ट,करबिर बोहरा, गोपाल धामी,डम्बर बहादुर कुँवर, उदव साउँद सहित रहेका छन । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले उच्चपदस्थ वडा,नगर,जिल्ला,केन्द्रका नेतागणहरुले जिम्मेवारी पूर्ण तरिकाले पार्टी विस्तारमा लाग्नुपर्ने र आफुले पाएको पदको पूर्ण जिम्मेवारीका साथ लगनशील भएर पुरा गर्न सके पार्टी बलियो भएर जाने बताए । यसैगरी संगठन विस्तार र पार्टीको क्रियाशील सदस्यता विरण कार्यलाई महत्वका साथ सबै मिलेर लाग्नुपर्नेमा बेदकोट नगर क्षेत्र नं.२ का अध्यक्ष बम बहादुर बमले जोड दिएका थिए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?