युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा
कञ्चनपुर, पुष १०
आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुदैछ । वाणिज्य संघको १८औँ नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको हो । कोषाध्यक्ष पदाधिकारी पदमा यस अघि सदस्यको जिम्मेबारी पुरा गरेको युवा व्यवसायी प्रदिप पाल पदाधिकारीको दौडमा छन ।
पाल कञ्चनपुर उद्योग वाणिज्य सघको कोषाध्यक्ष पदको दौडमा छन । यस अघि ०७९ सालमा सम्पन्न भएको १७ औँ कार्य समिति चयनका लागि भएको निर्वाचनमा पाल निर्बिरोध सदस्यमा निर्वाचित भएका थिए । बाबु मान बहादुर पालको परम्परागत व्यवसाय सम्हालेका पालले ०७० सालदेखि आफ्नै निजी एकल व्यवसायमा जुटेका छन । प्रदिप टे«र्डस एण्ड सप्लार्यसका संचालक समेत रहेका युवा व्यवसायी पालले केही बर्ष अघि डोटीको विपिनगरको अदुवा भारतीय बजारमा पु¥याएका थिए । उनले सम्र्पूण व्यवसायीहरुको हकहितनका साथै कोष बलियो बनाएर संकटमा पर्ने व्यवसायीहरुको समाजिक सुरक्षा एव राहतका लागि कार्यक्रम गर्ने गराउने बताए । पालले संघमा साना व्यवसायीहरुको प्रतिनिधित्व सहित जिल्लाको उद्योग, व्यवसायका क्षेत्रमा दीर्घकालिन कामकाज गर्ने प्रतिबद्धता अघि सारेका छन ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?