मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८

सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली हाकिम सापहरु अहिले सम्पर्क बिहिन भएका छन । गत ३० साउन ०८२मा प्रदेश सरकारले कैलाली, कञ्चनपुरका तीन बरिष्ठ वन अधिकृतको सरुवा गरेको थियो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुर, धनगढीका प्रमुख कृष्णदत्त भट्ट र पहलवानपुरका प्रमुख रामचन्द्र कडेललाई एक अर्का कार्यालयमा सरुवा गरेको थियो । उक्त सरुवा निर्णयमा ठाकुर खुसी वा ईमान्दारिताका साथ धनगढी हाजिर भए । तर, भट्ट कडेल दुखित भएर सरकारको निर्णय आदेश पालनाका साटो उल्टै अड्डा अदालमा अन्याय भएको भन्दै मुद्दा मालिलातर्फ केन्द्रीत भए ।

भट्टलाई पहलवानपुर र कडेललाई कञ्चनपुर सरुवा गरिएको थियो । उनीहरु दुवैलाई साविक स्थानमै बस्न के ले लोभ्यायो ? निमुखा कम पहुँच भएका कर्मचारी जहाँ पठाएरपनि खुरुखुरु कर्तव्यमा जाने भएपनि तराईका सुगम कैलाली, कञ्चनपुरमा डिभिजन वन कार्यालय प्रमुख जान उनीहरुलाई जाँगर नै चलेन ।

भट्ट र कडेलले ऐनविपरीत समयावधि पूरा नहुँदै बिनाकारण सरुवा गरिएको भनी उच्च अदालत दिपायलमा रिट दायर गरे । सो रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत दिपायलले यही ५भदौँमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अन्तरिम आदेश जारी गर्दै सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । तर अदालले यस अघि दिएको आदेश चार महिनामा आएर बदर गरिदिएको छ ।

११कार्तिक ०८२मा अन्तरिम आदेश जारी गरेको अदालतले, पुन २३ मंसिर ०८२मा अन्तरिक आदेश खारेजी गरिदिएसंगै प्रदेश सरकारले गरेको निर्णय सदर भएको छ । यसविचमा भट्ट कडेल खटाएको ठाँउमा गएर वन जंगल जोगाउनुको साटो मुद्दा मामिलामा केन्द्रीत भएपछि सरकारले कञ्चनपुरमा सुरेन्द्रचन्द्र डिसी र पहलवानपुरमा सुरेन्द्र कठायतलाई निमित्तको जिम्मेबारी दिएको छ । गत २३ कार्तिमा उच्च अदालत दिपायलका न्यायाधिशद्वय पुन चन्द र खडकराज अधिकारीको संयुक्त ईजलासले बरिष्ठ डिभिजनल वन अधिकृत कृष्ण भट्ट समेतले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दायर गरेको रिट निवेदनमा खारेजी गरिदिएको अर्थात अन्तरिम आदेश निष्कृय पारेको छ । योसंगै प्रदेश सरकारले गरेको निर्णय सदर भएको छ । अदालतबाट समेत हार्दापनि उनीहरु दुवैको अटेरी कायमै छ ।

कडेल भन्दा भट्ट बढी विवादित जिदी देखिएको मन्त्रालयल स्रोतले जनाएको छ । यस अघि पनि भट्ट तत्तकालिन वनमन्त्रीलाई आचाक्ली गाली बेईजती निमित्त वन निर्देशक भएका बेला प्रदेशभरीबाट पैशा उठाएको खुलेयाम खाने गरेको स्वयम आफ्नै मुखबाट बोलेका थिए । तत्तकालिन अवस्थामा डिभिनजन वन कार्यालय धनगढीको प्रमुख रहेका भट्ट र पहलवानपुरका प्रमुख रामचन्द्र कडेल सम्पर्क बिहिन भएका छन । उनीहरु सम्पर्क बिहिन भएपछि प्रदेश सरकार खोजी गर्न बाध्य भएको छ ।

खटाएको ठाँउमा जान नमानेपछि मन्त्रालयले दुवैलाई वन निर्देशनालयमा खटाएको थियो । गत २५मंसिर त्यो पनि खाली कागजमा हाजिरी लगाएका भट्टले डिभिजन वन कार्यालय धनगढीमा निवासीको तालाबाजी आफैसंग लिएर भागेको, बरबुजारत समेत नगरेको, कार्यालयका महत्वपूर्ण कागजात गायब गरेको मन्त्रालयले स्रोतले जनाएको छ ।

खाली कागजमा हाजिर गरेर सम्पर्क बिहिन भएका भट्ट र कडेलाई वन निर्देशनालयले स्पष्टीकरण सोधेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २४ घण्टाभित्र वन निर्देशनालयमा हाजिर हुन निर्देशन दिएपछि २६ गते बिहान ९ः४५ बजे सेतो कागजमा हाजिर गरेर सम्पर्कविहीन भएका उपसचिव कृष्णदत्त भट्ट र रामचन्द्र कँडेल लाई वन निर्देशनालयले स्पष्टीकरण सोधेको हो।

प्रदेश सरकारको जिम्मेदार पदाधिकारीले यतिका दिनसम्म बिना कुनै जानकारी आफू खटिएको निकायमा अनुपस्थित हुनुको कारण के हो ? आफ्नै हिसाबले कार्यालय समय पूर्व नै सेतो कागजमा हाजिर जनाई सम्पर्कविहीन किन रहनुभएको हो ? स्पष्टीकरणमा सोधिएको छ ।सम्पर्कविहीन भएका भट्टले अहिलेसम्म डिभिजन कार्यालय कैलालीबाट गइसक्दा पनि कार्यालयको सिल टाँचा मोबाइल लगायत कार्यालयका सरसमान समेत आफैसंगै राखेको हालसम्म नबुझाएको पाइएको जनाएको छ । कार्यालय निवासको चाबी समेत नदिएपछि अहिले कार्यरत डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले आफु अलपत्र गरेको दुखेसो पोखेका छन । सहकर्मीबाटै यस्तो अमानविय व्यवहारबाट रामविचारी हैरान भएका हुन । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले उपसचिव कृष्णदत्त भट्टलाई पत्र लेख्दै कार्यालयका सामान तत्काल बुझाउन निर्देशन दिए, माथिल्ला हाकिमको आदेश लत्याउँदै गएका छन ।

डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले कार्यालयको टाँचा शिल मोबाइल र निवासको साँचो नहुँदा कामकाजमा समस्या भएको बताए । मन्त्रालयलाई जानकारी गराए पनि अहिलेसम्म प्राप्त नभएको बताए। कार्यालयका महत्वपूर्ण सामान प्राप्त नहुँदा कामकाजमा समस्या भएको पनि उनले बताए । हाल निवासको साँचो नपाएपछि आफू होटेलमा बसिरहेको उनले बताए । सरकारको नीति निर्देशन विपरीत काम गरेको भन्दै दुवै जनालाई कारबाही स्वरूप मन्त्रालयले वननिर्देशनालयमा तानेको हो।

पछिल्लो समय वन मन्त्रालय मातहतका कर्मचारीहरूले मनोमानी रुपमा काम गर्ने गरेको गुनासो बढेको छ। भट्ट यस पटक होईन, पटकपटक आर्थिक लेनदेनमा मुछिएका र काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने तयारी मन्त्रालयले गरेको छ । अधिकृतद्वय कृष्णदत्त भट्ट र राम चन्द्र कंडेलले भ्रमण आदेश स्वीकृत गराएर विशेष अदालतमा बकसगपत्रका लागि काठमाडौँ गएको मन्त्रालयले जनाएको छ । वनका तीन हाकिम सरुवा प्रकरणमा अदालतबाट हारेपनि हटेरीमा उत्रिका भट्ट र कडेलसंग सम्पर्क हुन नसेन । भट्टले प्रयोग गर्दै आएको एक मोबाईल ९८०२०३०१६७फोन उठाएनन । यसरी प्रदेश सरकारका बरिष्ठ अधिकृत सरकारकै नीति, नियम निर्देशन बिरुद्धमा लागेपछि प्रदेश सरकारकै टाउको दुखाई भएको छ । भनिन्छ, नुन खाएको पनि गुन तिर्नुपर्छ भन्छन,

ताजा खबर

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?