नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर

कञ्चनपुर ०८ पाैष

नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी एकता सन्देश सभा गरेको छ । सोमबार शुक्लाफाँटा नगरपालिका खुला मञ्च झलारीमा नेकपा जिल्ला एकता सभा गरेको हो ।

नेकपा जिल्ला एकता सन्देश सभा संयोजक लोकेन्द्र लम्सालले केन्द्रीय तालिका अनुसार कञ्चनपुरमा पनि सभा गरिएको बताए । उनका अनुसार हजारौँ, नेता कार्यकर्तादेखि जनताको उपस्थितिमा जिल्ला एकता सभा गरिएको छ ।

उक्त जिल्ला एकता सभा कार्यक्रममा सम्बोधन गर्ने नेकपा नेता कार्यकर्ताहरुले संविधान, देश, जनता, स्वाधिनताको रक्षाका लागि नेकपा अग्र मोर्चामा अघि बढेको जनाएका छन । देशभर तारा चम्काउने घोषणा समेत गरेका छन ।

टुटफुट, विभिन्न दलमा आबद्ध कम्युनिष्ट एकजुट भएसंगै आगामी निर्वाचनमा देशकै अम्बल, १ नम्बर पाटी बनाउने प्रतिबद्धता समेत जाहेर गरेका छन । तत्तकालिन काँग्रेस, एमाले नेतृत्वको सरकार देशकै ईतिहासमा असफल, लज्जाबोध हुने गरेर ढलेको टिप्पणी गरेका छन ।

कार्यक्रममा धारणा राख्ने नेकपा नेताहरुले कञ्चनपुरमा नेकपा जुरुक्क उठेको बताएका छन । स्वागत मन्तव्य राख्दै नेकपा युवा नेता नवराज ऐरले अब कञ्चनपुरमा नेकपालाई जनताको हितमा दौडाउनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा नेता डा. भीम बहादुर रावलले देशकै १ नम्बर पाटी बनाउने र नेकपाको यात्रा कसैले रोक्न नसक्ने उद्घोष गरेका छन ।

नेकपा नेता खगराज भट्टले अब नेकपा अघि बढेकाले कुनैपनि शक्तिले रोक्न र छेक्न नसक्ने बताए । नेकपा अर्का नेता एव पुर्वमन्त्री भानुभक्त जोशीले समेत कञ्चनपुरमा नेकपा जुरुक्क उठाउनुपर्ने बताए । नेकपा युवा नेता एव सुप प्रदेशका पुर्वमन्त्री प्रकास रावलले पनि नेकपालाई प्रदेशमा उजुक्क उठाउनुपर्ने सुझाव दिए । कार्यक्रममा नेकपाका नेताहरु शेर बहादुर कुँवर, लाल बहादुर खडका, प्रकास रावल, बीर बहादुर बुढाथोकी, गोबिन्द विक, झक्त ब. अधकिारी, माया नेगी, दिपा चौधरी, जयराज पाण्डेय, प्रताव तिरुवा, कमल क्षेत्री, मान बहादुर सुनार, राधा खरेल, रामऔतार राना, दिपक चौधरी, तनुकलाल चौधरी, मिनराज बडू, भीम ब. थापा, रुप बहादुर परियार, दिर्घ सोडारी, कृष्णराज सुवेदी, अक्कल रावल, हिक्म बडू सहितका नेताहरुले कञ्चनपुर सहित सुप प्रदेशमा दौडाउने प्रतिज्ञा गरेका छन । नेकपा युवा नेता माधव पन्तले संचालन गरेको कार्यक्रममा हजारौँको सहभागिता रहेको

थियो ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?