पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट
कञ्चनपुर, पुष ६
नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला एकता सन्देश सभा गर्न लागेको छ । नेकपाले जिल्लाको मध्य भूगोल शुक्लाफाँटा नगरपालिका झलारीमा एकता सन्देश सभा गर्न लागेको हो । नेकपाले जिल्ला एकता सभा सन्देश कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
एकता जिल्ला सन्देश सभा मूल परिचालन समिति, कञ्चनपुरका संयोजक एव नेकपा नेता लोकेन्द्र लम्सालले पार्टी एकता सन्देश सभाहरु प्रदेश स्तरमा सम्पन्न भएपछि जिल्ला तहमा गर्न लागेको बताए ।
उनले उक्त एकता अभियानलाई देशव्यापीरुपमा जनसमक्ष पुन्याउने सन्दर्भमा यहि पौष ७ गते कंचनपुरमा जिल्ला स्तरिय पार्टी एकता सन्देश कार्यक्रम हुन लागेको बताए । उनले सुप प्रदेशका पहाडी जिल्लाहरुमा एकता सन्देश सभा सम्पन्न भईसकेकोे र अब कञ्चनपुरमा गर्न लागेको बताए ।
नेकपा कञ्चनपुर जिल्ला एकता सभा सहसंयोजक प्रकास रावलले जिल्ला एकता सभालाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरु पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावल, पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेल, पूर्व मन्त्री भानुभक्त जोशी र खगराज भट्ट लगायतका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने बताए ।
नेकपा कञ्चनपुरकी नेतृ माया नेगीले जिल्ला एकता सन्देश सभा कार्यक्रमको जिल्लाभरी तयारी भईरहेको महिलादेखि सबै तहतप्ताका नेता कार्यकर्ताहरुदेखि शुभचिन्तकहरुको उल्लेख गरिएको बताए । एकता सभा कार्यक्रममा जिल्लाभरीबाट हजारौँ नेता कार्यकर्ताहरुको सहभागिता हुने बताए ।
नेकपा जिल्लाका युवा नेता खेम पाण्डेयले कञ्चनपु्रको एकता सभा सम्बोधनका लागि मूल परिचालन समितीमा जिल्ला भूगोल भित्र रहेका पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय आयोग, विभाग, सल्लाहकार, जेष्ठ कम्यूनिट मञ्चका सदस्यहरु, प्रदेश, जिल्ला, पालिका र वार्ड कमिटीका पदाधिकारी, जनसंगठनहरुका पदाधिकारी र जननिर्वाचित प्रतिनिधिहरु सदस्य रहने बताए ।
सन्देश सभाको प्रभावकारी तयारी र आयोजनाको लागि विभिन्न ९ ओटा उपसमितिहरु गठन गर्नुका साथै नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा समर्थक र शुभेच्छुकहरुबाट सहयोग प्राप्त गर्न आवश्यक कार्ययोजनाका साथ सक्रिय रुपमा आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने निर्णय भएको छ। देशको विद्यमान विषम, जटिल र तरल राजनीतिक परिस्थितिमा राष्ट्रिय हित, स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता, स्वाभिमान, समृद्धि र एकताको लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील र देशभक्त शक्ति, समूह एवं व्यक्तिहरुको एकता अपरिहार्य रहको बताइएको छ । देशमा आगामी फागुन २१ गतेका लागि आम निर्वाचनको घोषणा भइसकेको स्थितिमा राजनीतिक दल र जनताले निर्वाचनका सम्पूर्ण गतिविधिमा निर्वाध, स्वतन्त्र र भयरहित वातावरणमा सहभागी हुन सक्ने गरि सरकारले यथोचित वातावरणको निर्माण गर्नुपर्ने नेकपा कञ्चनपुुरले जनाएको छ । नेकपाले केन्द्र, प्रदेश एकता सकेर देशव्यापी जिल्ला एकता सभा सन्देश कार्यक्रम राखिरहेको छ ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?