ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८

कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि नेकपा बहुमतले जनसंघर्षको अभियान शुरु गरेको छ । ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ भन्दै नेकपा बहुमत कञ्चनपुरले आइतबार भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि अभियान शुरु गरेकोे हो । नेकपा बहुमत जिल्ला सेक्रेटरी नक्साल विष्टले क्रान्तिकारी किसान नेता सहिद भीमदत्त पन्तकोे सालिकमा माल्र्यापण गरेर अभियान शुरुवात गरिएको बताए । पछिल्ला दिनहरुमा जिल्लामा पालिका सरकार सहितका सरकारी, सार्वजनिक निकायमा भ्रष्टाचार बेथिति मौलाएको मुलुकमा अनेकन समस्या उत्पन्न भएकाले देश र जनताको हितका लागि अहिलेको संविधानले नभई जनसंविधानका लागि जिल्लाव्यापी संघर्ष गरिने घोषणा गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा बहुमत सुप ७नम्बर ब्यूरो इन्चार्ज डिडि पाण्डेयले दलाली संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नका लागि संघर्ष गरिएको बताए । नेकपा बहुमत जिल्ला इन्चार्र्ज राम भट्ट(मिसन) सहितका नेता कार्यकर्ताहरुले अभियान सफल पार्ने सकल्प गरेका छन । जनमुखी संविधानका लागि जनसंघर्ष अभियानमा गोलबन्द हुन नेकपा बहुमतले कञ्चनपुर जिल्लाबासीमा आब्हान गरेको छ ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?