ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८

कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि नेकपा बहुमतले जनसंघर्षको अभियान शुरु गरेको छ । ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ भन्दै नेकपा बहुमत कञ्चनपुरले आइतबार भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि अभियान शुरु गरेकोे हो । नेकपा बहुमत जिल्ला सेक्रेटरी नक्साल विष्टले क्रान्तिकारी किसान नेता सहिद भीमदत्त पन्तकोे सालिकमा माल्र्यापण गरेर अभियान शुरुवात गरिएको बताए । पछिल्ला दिनहरुमा जिल्लामा पालिका सरकार सहितका सरकारी, सार्वजनिक निकायमा भ्रष्टाचार बेथिति मौलाएको मुलुकमा अनेकन समस्या उत्पन्न भएकाले देश र जनताको हितका लागि अहिलेको संविधानले नभई जनसंविधानका लागि जिल्लाव्यापी संघर्ष गरिने घोषणा गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा बहुमत सुप ७नम्बर ब्यूरो इन्चार्ज डिडि पाण्डेयले दलाली संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नका लागि संघर्ष गरिएको बताए । नेकपा बहुमत जिल्ला इन्चार्र्ज राम भट्ट(मिसन) सहितका नेता कार्यकर्ताहरुले अभियान सफल पार्ने सकल्प गरेका छन । जनमुखी संविधानका लागि जनसंघर्ष अभियानमा गोलबन्द हुन नेकपा बहुमतले कञ्चनपुर जिल्लाबासीमा आब्हान गरेको छ ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

बेलडाँडीको विकासमा योगदान पु¥याएको भन्दै पत्रकार विमल धामीलाई सम्मान

कञ्चनपुर, मंसिर २८ कञ्चनपुरका युवा पत्रकार विमल धामीलाई सम्मान गरिएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?