सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी

कञ्चनपुर, मंसिर २०
कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास समितिको बार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजारमा रहेको सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम संचालक समेत रहेका सिद्धनाथ मन्दिर विकास समितिका कावा महासचिव चन्द्रकान्त भट्ट९सिके०ले प्राचिन मन्दिरको बृद्धि विकासका लागि सरकारले आवश्यक सहयोग गर्न नसकेको बताए । कावा महासचिव भट्टले सरकारले मन्दिरको बृद्धि विकास, धार्मिक पर्यापर्यटनका लागि पहल समेत गर्न नसक्दा समस्या भएकोले तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य पुर्वमन्त्री प्रकास रावलले प्राचिन मन्दिरलाई पूर्णागिरीका दर्शनार्थीको केन्द्र बनाउनुपर्नेमा जोडदिए । पुर्वमन्त्री रावलले धार्मिक पर्यटनको राम्रो सम्भावना भएकाले त्यसको बृद्धि विकासका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बचन दिएका छन । रावलले मन्दिरमा धर्मशालादेखिका पर्यटनक प्रर्बद्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा आजिवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो । सिद्धनाथ मन्दिर विकास समितिका कावा अध्यक्ष कैलाशचन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर समितिका पदाधिकारी, सदस्य सहितका सरोकारवाहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?