
धन सिह धामी

कञ्चनपुर, मंसिर २०
कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास समितिको बार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजारमा रहेको सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम संचालक समेत रहेका सिद्धनाथ मन्दिर विकास समितिका कावा महासचिव चन्द्रकान्त भट्ट९सिके०ले प्राचिन मन्दिरको बृद्धि विकासका लागि सरकारले आवश्यक सहयोग गर्न नसकेको बताए । कावा महासचिव भट्टले सरकारले मन्दिरको बृद्धि विकास, धार्मिक पर्यापर्यटनका लागि पहल समेत गर्न नसक्दा समस्या भएकोले तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य पुर्वमन्त्री प्रकास रावलले प्राचिन मन्दिरलाई पूर्णागिरीका दर्शनार्थीको केन्द्र बनाउनुपर्नेमा जोडदिए । पुर्वमन्त्री रावलले धार्मिक पर्यटनको राम्रो सम्भावना भएकाले त्यसको बृद्धि विकासका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बचन दिएका छन । रावलले मन्दिरमा धर्मशालादेखिका पर्यटनक प्रर्बद्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा आजिवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो । सिद्धनाथ मन्दिर विकास समितिका कावा अध्यक्ष कैलाशचन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर समितिका पदाधिकारी, सदस्य सहितका सरोकारवाहरुको सहभागिता रहेको थियो ।


