बरिष्ठ अधिवक्ता चन्दद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च 

धनसिह धामी 

कञ्चनपुर, मंसिर १८ 

कञ्चनपुरका एक कानुन व्यवसायी(बरिष्ठ अधिवक्ता) पूर्ण बहादुर चन्दले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन ।

बरिष्ठ अधिवक्ता चन्दले क्यान्सर रोगबाट पीडित पत्रकार महासंघका कञ्चनपुर अध्यक्ष धामीलाई उपचार खर्च सहयोग गरेका हुन । उनले नेपाल पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका लागि ५हजार ५ हजार रुपैया सहयोग गरेकोे जनाएका छन । चन्दले धामीको प्रभु बैंक ०२९०२४३०३२६०००१२खातामा सिधै ट्रान्र्सफर गरेका छन ।

बरिष्ठ अधिवक्ता चन्दले समाजिक क्षेत्रमा अहोरात्र खटिने पत्रकार धामीको उपचारका लागि सहयोग गरेको बताए । यस अघि पनि कञ्चनपुरका कानुन व्यवसायीले एक आपसमा संकलन गरेर जिल्ला र उच्च बार मार्फत ३०हजार उपचार खर्च सहयोग गरेका थिए । पत्रकार महासंघका अध्यक्षर््ा धामी केही समयदेखि नेपाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतको दिल्ली स्थित राजिवगान्धी अस्पतालमा उपचारार्थछन । उनकोे उपचारमा ठुलो धनरासी खर्च हुने भएकाले सहयोगका लागि घरपरिवारदेखि पत्रकार महासंघले अनुरोध गरेको

छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?