
धनसिह धामी

कञ्चनपुर, मंसिर १८
कञ्चनपुरका एक कानुन व्यवसायी(बरिष्ठ अधिवक्ता) पूर्ण बहादुर चन्दले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन ।
बरिष्ठ अधिवक्ता चन्दले क्यान्सर रोगबाट पीडित पत्रकार महासंघका कञ्चनपुर अध्यक्ष धामीलाई उपचार खर्च सहयोग गरेका हुन । उनले नेपाल पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका लागि ५हजार ५ हजार रुपैया सहयोग गरेकोे जनाएका छन । चन्दले धामीको प्रभु बैंक ०२९०२४३०३२६०००१२खातामा सिधै ट्रान्र्सफर गरेका छन ।
बरिष्ठ अधिवक्ता चन्दले समाजिक क्षेत्रमा अहोरात्र खटिने पत्रकार धामीको उपचारका लागि सहयोग गरेको बताए । यस अघि पनि कञ्चनपुरका कानुन व्यवसायीले एक आपसमा संकलन गरेर जिल्ला र उच्च बार मार्फत ३०हजार उपचार खर्च सहयोग गरेका थिए । पत्रकार महासंघका अध्यक्षर््ा धामी केही समयदेखि नेपाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतको दिल्ली स्थित राजिवगान्धी अस्पतालमा उपचारार्थछन । उनकोे उपचारमा ठुलो धनरासी खर्च हुने भएकाले सहयोगका लागि घरपरिवारदेखि पत्रकार महासंघले अनुरोध गरेको
छ ।


