एमाले ११औँ महाधिवेशन कञ्चनपुरमा चुनाव र सर्वसम्मतबाटै प्रतिनिधी छनौट

सन्तोष धानुक कञ्चनपुर, १४ मंसिर
नेकपा एमालेको आउँदो २७ देखि २९ गते मंसिर ०८२ काठमाण्डौँमा हुने ११औँ महाधिवेशनका लागि कञ्चनपुरमा चुनाव र सर्वसम्मतबाटै प्रतिनिधी छनौट गरिएका छन । जिल्लाका तीन निर्वाचन क्षेत्र मध्ये एक निर्वाचन क्षेत्रमा सर्वसम्मत र दुईमा चुनावी प्रकृयाबाट महाधिवेशन प्रतिनिधी छनौट गरिएका हुन ।
नेकपा एमाले कञ्चनपुरका उपसचिव अशोक कुमार चन्दले निर्वाचन क्षेत्र १, ३मा चुनावी प्रकृया र क्षेत्र २मा सहमतीय आधारमा महाधिवेशन प्रतिनिधी छनौट गरिएको बताए ।
निर्वाचन क्षेत्र १मा सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा९पातल०देखि पहिलो पटक बेलडाँडीबाट कल्पना गिरी निर्वाचित भएकी छिन ।
पुर्व माओवादीबाट एमाले प्रवेस गरेका थापाले सर्वाधिक मत ६३९ र कल्पना गिरीले ५सय १४मतका साथ निर्वाचित भएका हुन ।
जनयुद्धकालिन नेता पातलले माओवादीमान हुँदा राजकीय जिम्मेबारीमा थिएनन्, भने गिरीले ०७४ र ०७९दुई पटक बेलडाँडी गाँउपालिका उपप्रमुखकी उम्मेदवार बनेका थिईन ।
यस्तै क्षेत्र १बाटै एमाले जिल्ला सचिव पल्लवराज भट्टले ४९९८ मत ल्याएर यस पटक पनि महाधिवेशन प्रतिनिधी सुरक्षित बन्न सफल भएका छन ।
कल्पना चौधरी ५१७, काँशिराम बोहरा ५२१मतका साथ निर्वाचित भएका छन ।
क्षेत्र ३मा पुर्व सांसद डा। दीपक प्रकास भट्ट पनि सर्वाधिक मतका साथ निर्वाचित भएका छन । भट्टले ५६७,पाटी जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले ३३७,युवा नेता ओम बस्नेतले ३५१मतका साथ निर्वाचित भएका छन । दलित तर्फ पुनर्वासका आरपी सार्कीले ७४मतका साथ पुर्नवासकै दलित नेता भारमत सुनारलाई पराजित गर्दै महाधिवेशन प्रतिनिधी हात पारेका छन । सार्कीले १७२ र सुनारले ९८मत ल्याएका थिए । यस्तै दलित महिला तर्फ लक्ष्मी विक, क्षेत्र ३बाटै महिला कोटामा चिनी गिरी पहिल्यै निर्वाचित भएका थिए । निर्वाचन क्षेत्र मा वर्तमान देशको परिस्थिति अनुरुप सहमतीय आधारमा महाधिवेशन प्रतिनिधी छनौट गरेको नेताहरुले जनाएका छन । नेकपा एमाले युवा नेता जगत सिहले सबै कलष्टर तर्फ सर्वसम्मतको प्रयास अनुरुप महाधिवेशन प्रतिनिधी छनौट गरिएको बताए । त्यसैगरी निर्वाचन क्षेत्र २बाट शुक्लाफाँटा नगरका मेयर समेत रहेका युवा नेता रण बहादुर महरा, बचन बहादुर सिह, पाटी जिल्ला अध्यक्ष लक्ष्मी बुढा,युवा प्रविन बोगटी र पार्वती जोशी निर्बिरोध चयन भएका छन । तीनै निर्वाचन क्षेत्रमा दर्शनौँ नेता कार्यकर्ता चुनावी मैदानमा उत्रिएका थिए ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?