मेगा सहकारी प्रदेशमै बचत तथा ऋण कारोबार गर्ने उत्कृष्टताको सम्मान पुरस्कार

कञ्चनपुर, मंसिर ७
कञ्चनपुरको एक सहकारी संस्थालाई सम्मान एव पुरस्कृत गरिएको छ ।
राष्ट्रिय सहकारी बैकले भीमदत्त नगरपालिका ३महेन्द्रनगरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मानका साथै पुरस्कृत गरेको छ ।
मेगा बचत तथा ऋण सहकारीले सुदूरपश्चिम प्रदेशमै बचत तथा ऋण कारोबार गर्ने प्रदेशका सदस्य संस्था मध्ये छनौट गरिएको भन्दै सम्मानका साथै पुरस्कृत गरिएको राष्ट्रिय सहकारी बैंकले जाएको छ ।
राष्ट्रिय सहकारी बैंकको २२औ बार्षिक साधारण सभाको अवसरमा कञ्चनपुर महेन्द्रनगर केन्द्रीय कार्यालय भएको मेघा बचत तथा ऋण सहकारीलाई सहकारीको विकास प्रर्बद्धन, समाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर समेत गरिएको जनाएको छ । कार्यक्रममा सहकारी बैंकका सचालक तारा गुरुङ्गले मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुनिल सेट्टीलाई पुरस्कारका साथै सम्मान पत्र हस्तान्तरण गरेका थिए । मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुशिल सेट्टीले राष्ट्रिय सहकारी बंंैकबाट गरिएको मुल्याङकनको उच्च कदर गर्दै आगामी दिनहरुमा समेत सहकारीको बृद्धि विकासका कार्यक्रममा खटिने प्रतिबद्धता जाहेर गरेका छन ।
सम्मान पुरस्कार पत्रमा राष्ट्रिय सहकारी बंैकका प्रमुख कार्यकारी अधिकृत बन्द्री कुमार गुरागाई, सम्मान पुरस्कार कार्यदल संयोजक विजय धिताल र अध्यक्ष महेन्द्र कुमार गिरीद्वारा हस्ताक्षरित गरिएको उक्त सम्मान पुरस्कार पत्रमा आगामी दिनहरुमा समेत सहकारीले समग्र आर्थिक क्षेत्र, साँस्कृतिक एव समाजिक विकासमा टेवा पु¥याउन अपेक्षाका साथै हार्दिक बधाई ज्ञापन गरेको छ । केन्द्रीय कार्यालय महेन्द्रनगर भई विभिन्न स्थानमा शाखा मार्फत समेत मेगाले ग्रामिण भेगमा रहेका निमुखा जनतालाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?