सृजनात्मक वचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पनन

कञ्चनपुर, ०६ मंसिर

कञ्चनपुरको सृजनात्मक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।


कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ११ मा रहेको सृजनात्मक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिवार आफ्नो १६ औं साधरण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष मदन क्षेत्रीको सभापतित्वमा सम्पन्न १६ औं साधारण सभामा संस्थाका सचीव कृष्ण सिह वोहराले वार्षिक प्रतिवेदन प्रस्तुत गनुृका साथै कोषध्यक्ष धनन्जय जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कार्यक्रममा प्रत्येक वर्ष र्झै यस वर्ष पनी जेष्ठ नागरिक , उत्कृष्ट वचतकर्ता तथा एस ईइ र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छात्र छात्राहरुलाई समेत नगद पुरुस्कार सहित सम्मान समेत गरिएको थियो । साधारण सभाको अवशरमा आफ्नो भनाई राख्दै संस्थाका अध्यक्ष मदन सिह क्षेत्रीले २०६६ सालमा ३२ जना शेयर सदस्य बाट शुरु गरिएको यस सहकारीले शेयर सदस्यहरुको माग वमोजिम उत्पादनसिल क्षेत्रमा लगानी गर्दै सामाजिक र शैक्षिक क्षेत्रमा समेत काम गर्दै आएको वताउनु भयो । साथै उहाले आगामी दिनहरुमा सहकारीलाई आधुनिक रुपमा रुपान्तरण गर्दै सदस्य केन्द्रीत कारोवार गर्ने र सरकारले लागु गरेका नीति नियमहरु वमोजिम काम गर्दै जाने समेत वताउनु भयो ।

यस सहकारी सस्थाले प्रत्येक वर्ष झै सामाजिक उत्तरदायीत्व अन्तर्गत समाज कल्याण वाल अनाथालय लाई समेत २९ हजार ४ सय ४८ रुपैया आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बुझ्दै समाज कल्याण वाल अनाथालय कञ्चनपुरका उपाध्यक्ष डा हिरा चन्दले यस सहकारीका सदस्यहरुले आफ्नो परिवारको लागी मात्रै नसोचेर समाजका लागी पनी केहि गर्नु पर्छ भन्ने अभिप्रायका साथ अनाथ वालवालिकाहरुलाको लागी सहयोग गर्नु पुण्यको कायृ भएको वताउनु भयो ।

हाल यस सहकारीमा १२ सय ८१ जना शेयर सदस्यहरु रहेका छन भने ५० लाख भन्दा बढी खुद मुनाफा कमाउन सफल यस सहकारीले १६ करोड भन्दा बढकिो कारोवार गरिहेको छ । निकट भविष्यमा आफ्रनै भवन निर्माणका लागी जग्गा खरिको लागी समेत पहल गरिरहेको यस सहकारीले विपन्न, एकल महिला लगायतका शेयर सदस्यहरुलाई सुलभ व्याज दरमा कर्जा उपलव्ध गराई उनीहरुको जिवनस्तर उकास्नका लागी हर सम्भव प्रयत्न समेत गरिहेको छ ।

 

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?