जिप्रका कञ्चनपुरद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

रमेश प्रशाद भट्ट
कञ्चनपुर, मंसिर ४
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिरामी पत्रकार सुरेश सिह धामीको उपचार खर्च सहयोग गरेको छ । जिप्रकाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च दिएको हो । क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीलाई जिप्रका कञ्चनपुरले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
पत्रकार महासंघका अध्यक्ष धामीको जिवन रक्षाका लागि जिप्रकाले खाजा खर्च घटाएर मानविय सहयोग गर्ने उदेश्यका साथ नगद १५ हजार औषधी खर्च सहयोग गरेको हो । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले समाजिक क्षेत्रमा कार्यरत पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका टेवा पु¥याउने उदेश्यका साथ सक्दो उपचार सहयोग गरेको बताए । जिप्रका त्यस्तो सहयोग गर्ने बजेट नभएपनि ईच्छुक साथीहरुबाट संकलन भएको रकम सहयोग गरेको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?