एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७
कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेकोे छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी९एलबिए०ले नेपाल पत्रकार महासंघका जिल्ला धामीलाई उपचार खर्च दिएको हो ।
बिहीबार एक कार्यक्रमका विच एलबिएले बिरामी पत्रकार धामीको उपचारका लागि आर्थिक सहयोग गरेको जनाएको छ । एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले पत्रकार महासंघका उपाध्यक्ष धर्मा रोकायालाई २५ हजार बराबरको चेक हस्तान्तरण गरेका छन ।
नागरिकको सुचनाका लागि अहोरात्र खटिने पत्रकार धामीकोे उपचारका लागि विद्यालयका तर्फबाट सक्दो आर्थिक सहयोग गरेको बताए । समाजसेवी समेत रहेका एलबिएका प्रिन्सिपल मौनीले समाजिक क्षेत्रमा कार्यरत पत्रकारलाई संकट परेका बेला विद्यालयका तर्फबाट सक्दो सहयोग गरेको बताए । प्रिन्सिपल मौनीले आगामी दिनमा समेत सक्दो सहयोग गर्ने बाचा गरेका छन । पत्रकार महासंघ कञ्चनपुरले एलबिएका मौनी सहित हालसम्म अध्यक्ष धामीको उपचारका लागि सहयोग गर्ने महानुभावहरुप्रति आभार प्रकट गरेका छन ।
केही सातादेखि शिकिस्त बिरामी भएका पत्रकार धामीको नेपालका अस्पतालमा उपचार सम्भव नभएपछि भारतीय राजिवगान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष कुण्दनराज पाण्डेयले स्वदेश तथा विदेशमा रहेका महानुभावहरुलाई सहयोगका लागि अपिल गरेका छन ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?