प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज
प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन कञ्चनपुरमा एक प्रहरी युनियर अधिकृतमाथि दुव्र्यवहार गर्दै कुटपिट भएको छ । ७० औँ प्रहरी दिवसको पुर्व सन्ध्यामा ब्रम्हदेब प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक देवेन्द्र बहादुर चन्दमाथि कुटपिट भएको हो । बिहीबार साँझ भीमदत्त नगरपालिका ९ ब्रम्हदेब महाकाली कोरिडोर मार्ग क्षेत्रमा सई चन्दमाथि कुटपिट भएको थियो ।
निर्माणाधिन महाकाली कोरिडोर क्षेत्रबाट बलेरो जिपमा महेन्द्रनगरदेखि यात्रु ओसारेर जगबुढा गईरहेका यात्रु र चालकले सई चन्दमाथि कुटपिट गरेको भिडियो समेत सर्वत्र समाजिक सञ्जालमा छयापछ्याप्ती छ । जनताको सेवा रक्षा गर्ने हो कि हामीमाथि हात हाल्ने भन्दै चालक र यात्रुले सई चन्दमाथि प्रशन गरेका थिए ।
सई चन्दलाई उनीहरुले मदिरा सेवन गरेर डिउटुमा आउने अनि जनतामाथि अत्याचार गर्ने, घुस खान भन्दै आरोप लगाउँदै आएका छन ।
यात्रु र चालकको कुटाईबाट घाईते भएका सई चन्दको महाकाली अस्पतालमा उपचार पछि रातीनै डिस्चार्ज गरिएको थियो ।
घटनाले दिवसको तयारीमा जुटेको कञ्चनपुर प्रहरी आफ्नै जुनियर अधिकृत माथि कुटपिट भएपछि हैरान भएको छ । सई चन्दमाथि यस अघिपनि व्यवसायी तस्कर समुहबाट पैशा अशुलेकोदेखिका आरोप लाग्दै आएका छन । यद्यपी ति आरोप पुष्टी भने भएका छैनन ।
ब्रम्हदेब प्रहरी चौकी इन्चार्ज सई देवेन्द्र बहादुर चन्दले बलोरो जिपमा क्षमता भन्दा बढी यात्रु र समान ओसारिरहेका चालक रमेश धामीसंग किन जोखिम मोलेर यात्रा गरिरहेको भन्ने प्रशन गरेपछि उनीहरु आफुमाथि खटिएर कुटपिट गरेको बताए ।
‘मलाई उनीहरुले लगाए अनुरुप मदिरा खाएको थिएन, ‘हामी चाडवाडकै सुुरक्षामा खटिएका थियौँ, यसरी जोखिम मोलेर यात्रा गर्न नहुने सम्झाई बुझाई गर्दा उल्टै ममाथि कुटपिट गरे, ‘उनले भने, ‘ममाथि उनीहरुले लगाएका आरोप सबै झुटा हुन ।’ सई चन्दले उनीहरुकै सामु महाकाली अस्पतालमा आफ्नो पनि मेडिकल गराएको तर मेडिकलबाटै समेत मदिरा सेवन नगरेको पुष्टी भएको दावि गरेका छन ।
कहिले दुध ओसार्नेबाट रकम मागेको, कहिले तस्कर त अहिले यात्रु बहाक जिपका चालक यात्रुले किन कुटपिट ग¥यो भन्ने प्रशनमा उनले सीमाबर्ती क्षेत्रमा कानुन कार्यान्वयनका लागि प्रहरी सकृय भएपछि केही मान्छे समुह असन्तुष्ट भएर आफु बिरुद्धमा लागेको दावि गरेका छन ।
सई चन्दमाथि कुटपिट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर चालकलाई भने अहिलेसम्म नियन्त्रणमा लिएको थिएन । तेज बहादुर बोहरा र भरत जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले अभद्र व्यवहारमा मुद्दा चलाउने बताए । यसरी नागरिक र प्रहरीविच दुव्र्यवहार, कुटपिटका घटनाले नागरिक समाज चिन्तित भएको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?