होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुर, असोज २३

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ ।

जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको रकमबाट पत्रकार विवशलाई उपचार गर्न सहयोग गरिएको हो ।

पत्रकार विवश केही दिनदेखि पेटको बिरामीले महाकाली अस्पतालमा उपचारार्थ छन ।

आर्थिक अभावले थला परेका पत्रकार विवशलाई क्रियाशिल पत्रकारको टोलीले उपचार खर्च सहयोग गरेको हो ।

क्रियाशिल पत्रकारका अगुवा एव नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायाले पत्रकार विवशलाई नगद ५हजार औषधी खर्च हस्तान्तरण गरेका छन ।

विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य हुन । यस अघि जिल्लाका अन्य पत्रकारलाई उपचार खर्च गरिएको थियो । दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनी समसामयिक समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएका छन । सहकर्मी बिरामी परेर थला परेको थाहा पाएपछि जिल्लाका पत्रकार अस्पताल पुगेर शिघ्र स्वाथ्य लाभको कामना गरेका थिए । आफु बिरामी भई अस्पतालको सैयामा उपचारार्थ भएका बेला जिल्लाका क्रियाशिल एव होली खेलेका सहकर्मी आएर उपचारखर्चदेखि सान्त्वना प्रदान गरेपछि पत्रकार विवशले कञ्चनपुरका सम्पूर्ण पत्रकारप्रति आभार गरेका

छन ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?