
कञ्चनपुर, असोज १०
ब्राउन सुगर सहित शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका भुवन नाथ पक्राउ परेका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बेलौरी नपा ८ पचुई कालोपुल क्षेत्रबाट नाथलाई पक्राउ गरिएको बताए । नाथको साथबाट ५।८५मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । नाथले उक्त ब्राउन सुगर कहाँबाट कहिले ल्याएको बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


