पवनदुत यातायातको महेन्द्रनगर–दिल्ली प्रदुषण रहित बस सेवा

कञ्चनपुर ०७ असोज ।
कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर दिल्ली रुटमा यातायात सेवा स्तरबृद्धि गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा चल्ने सवारी साधन प्रदुषण रहित योजना ल्याएपछि त्यसै अनुरुप नेपाली यातायात कम्पनी पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले स्तरबृद्धि गरेको हो । सोमबारदेखि प्रदुषण रहित आधुनिक बस सेवा संचालन गरेको जनाएको छ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेश बोहराले नेपाल भारतमैत्री बस सेवा अन्र्तरगत यस अघिदेखि संचालन हुँदै आएको बसको स्तरबृद्धि गरेको बताए । झण्डै १ करोड ३० लाख मुल्य पर्ने उक्त आधुनिक बस स्तरिय रहेको छ । अध्यक्ष बोहराका अनुसार दैनिक पवनदुतको एक बस छुट्दै आएको छ । उनले जाँचपास, ब्लुबुक, रुटपरमिट संस्थाले नै बेहोर्दै आएको बताए । सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रशाद भट्टले दैनिक महेन्द्रनगर टु दिल्ली रात्रीकालिक बस सेवा नियमित भईरहेको बताए । कार्यालय प्रमुख भट्ट सहितका कर्मचारी, समितिका पदाधिकारी सदस्य सुरक्षित यात्राका लागि फिल्डमै खटिएका छन ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका बरिष्ठ उपाध्यक्ष देवीदत्त पन्तले बसको उद्घाटन गर्दै यात्रुलाई मिठाई वितरण गरेको सुरक्षित यात्राको कामना गरेका छन । स्तरिय बसमा यात्रा गर्न पाएपछि रोजगारी, अध्ययन, व्यवसायिक एव समाजिक कामका लागि दिल्ली जाने वा दिल्लीबाट महेन्द्रनगर आउने यात्रुलाई सुविधा भएको छ ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?